०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

चन्द्रौटा महोत्सवमा साउन्ड सिस्टम बन्द भएपछी तोडफोड सुरु भएको थियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष २९, २०८२

दाङ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा भएको महोत्सवमा सोमबार साँझ जी बबले गाउने क्रममा दर्शकहरु बार तोडेर भित्र पस्दा साउन्ड सिस्टम बन्द भएपछि आयोजकले फेरी गाउन नदिएर जी बबलाई स्टेज पछाडी लगेपछि आक्रोशित युवाहरुले मञ्च र सामान तोडफोड गरेका छन् ।

अन्तिम दिनमा जी बब का फ्यानहरु धेरै आउन थालेपछि सय रुपैयाँको टिकट एक्कासी आयोजकले दुईसय बनाएको हुँदा पनि युवाहरुमा पहिले देखि नै रिस थपिएको स्थानिय बताउँछन् ।
आयोजकले भने यो विषयमा केही बोलेका छैनन् । पुस १३ गतेदेखि चन्द्रौटामा सुरु दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२ सोमबार अन्तिम दिन थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!