१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

सिन्धुलीको नेपाल एसबिआई बैंक लुट्यो गार्डमाथि हतियार प्रहार गरी गम्भीर घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष २९, २०८२

काठमाडौं । नेपाल एसबिआई बैंकको सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको शाखामा डकैती भएको छ। बेलुकीतिर बैंकमा प्रवेश गरेका लुटेराहरूले सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् भने बैंकका कर्मचारीलाई बाँधेर नगद रकम लुटी फरार भएका छन्।

स्थानीय बिर्ख वाइबा तामाङका अनुसार लुटेराहरू घटनापछि फरार भएका छन्। आक्रमणमा घाइते भएका सुरक्षा गार्डलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। सुरक्षा निकायले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । डुडुवा गाउँपालिका वडा नं. १ पिपरहवामा रहेको प्रहरी चौकी खडैचामा समुदाय-प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिई आउनुभएका प्रहरी निरीक्षक श्याम वि.क.को आयोजनामा भएको उक्त कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चोरी निकासी […]

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक श्री अवि नारायण काफ्लेले देशभरका प्रहरी कार्यालयहरूमा प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहनुभएका प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेद्वारा देशभरका प्रहरी प्रवक्ताहरुलाई Virtual Conference मार्फत निर्देशन, मार्फत आवश्यक निर्देशन दिनुभएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा उपत्यकास्थित कार्यालयका प्रवक्ता / सूचना अधिकारीहरूको भौतिक […]

  बाँके । नेपालगञ्ज अवैध रूपमा भारतबाट ल्याइएको बोइलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ। जिल्ला बाँके, नेपालगञ्ज उप-महानगरपालिका-१० गणेशमान चोकबाट अवैध रूपमा ल्याइएका अन्दाजी ९० किलोग्राम तयारी बोइलर कुखुराको मासु नियन्त्रणमा लिइएको हो। बरामद गरिएको मासु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।