२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तुको रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा लाखौं नगदसहित ६ जना प्रहरीद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष ३०, २०८२

कपिलवस्तु । प्रहरीले रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा साढे दुई लाख रुपैयाँभन्दा बढी नगदसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रूपन्देहीको कञ्चन गाउँपालिका–५ पिपरी चापाका ३५ वर्षीय दिलिप थापा, सोही वडाको भैसाही बस्ने ३२ वर्षीय कमल थापा र गौडी बस्ने ३३ वर्षीय दिपेन्द्र घर्ती मगर रहेका छन्।
यसैगरी, कपिलवस्तुको वाणगंगा नगरपालिका–१० वनकट्टीका ३५ वर्षीय अर्जुन चौधरी, सोही वडाको भावपुर निवासी तथा रेष्टुरेन्ट सञ्चालक ३५ वर्षीय दिनेश थारु र वाणगंगा नगरपालिका–३ भकतौलीका ३३ वर्षीय उमेश पोखरेल पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट दुई लाख ५६ हजार २ सय ९० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार वाणगंगा नगरपालिका–१० भानपुरमा दिनेश थारुले सञ्चालन गरेको ‘रोयल सिटी कटेज एण्ड रेष्टुरेन्ट’ मा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुस २७ गते साँझ करिब ८ बजे प्रहरीले छापा मारेको थियो।
पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जुवा सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको डिएसपी सिंहले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]