२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

दाङको देउखुरीमा बेवारिसे लाश फेला, पहिचान गर्न ईप्रका गढवा दाङको अनुरोध

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ ०५, २०८२

‌‍‍‍दाङ । देउखुरी मिति २०८२।१०।०३ गते बेलुका अ.१७ः०० बजेको समयमा जिल्ला दाङ गढवा गाउँपालिका वडा नं.१ बागदुला सामुदायिक बनमा नामथर, वतन नखुलेको बर्ष अ. ३०/३५ को जस्तो देखिने अनुहार लगायत शरिरको विभिन्न भागहरुमा किरा औसा परि सडेको अवस्थामा Alpha lumbini English Boarding school Butwal-9 kalikanagar Rupandehi लेखेको बेल्ट लगाएको पुरुष व्यक्तिको बेवारिसे लाश फेला परेको हुँदा पहिचान गर्ने मानिसहरुले इलाका प्रहरी कार्यालय गढवा दाङमा सम्पर्क गर्न हुन अनुरोध ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी […]

दाङ । होलीको रंग पखाल्न तालमा गएका एक जनाको डुबेर मृत्यु भएको छ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा मंगलबार डुबेर अन्दाजी १५ वर्षी य दिवस बुढा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी रेशम बोहराका अनुसार घोराही–१६ ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका […]

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले […]

error: Content is protected !!