२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लाग्यो आरजु राणा टिकटबाट वञ्चित,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ ०५, २०८२

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ ।

कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् ।

शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व जिल्ला सभापति हुन् ।

कैलाली-५ मा शाहसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओडको नाम सिफारिस गरिएको थियो । अन्ततः शाहले टिकट पाउँदा पूर्वमन्त्रीसमेत रहेकी राणा टिकटबाट वञ्चित भएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । होलीको रंग पखाल्न तालमा गएका एक जनाको डुबेर मृत्यु भएको छ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा मंगलबार डुबेर अन्दाजी १५ वर्षी य दिवस बुढा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी रेशम बोहराका अनुसार घोराही–१६ ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका […]

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले […]

कर्णाली । सुर्खेतमा फागुन २१ गते हुने नि-र्वाचनका लागि सुरक्षा व्यवस्था क*डा पारिएको छ। नि’र्वाचनलाई लक्षित गरी मोबाइल गाडी, रिजर्भ सेक्टर विभाजन, र सामाजिक सञ्जालको निग-रानी थालिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, दुईवटा नि*र्वाचन क्षेत्र रहेको सुर्खेतमा १४० वटा मतदान केन्द्र तथा मतदान स्थलहरू रहेका छन् । ती स्थानहरुमा […]

error: Content is protected !!