२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सागर बसन्ते, किस्ने भनेर चिनिने रेग्मी साँचै म्यादी प्रहरी बन्ने भाइरल ‘मिदीको सपना !

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ ०६, २०८२

कपिलवस्तु । सामाजिक सञ्जालमा ‘भाइरल ब्वाई’ भनेर चिनिएका नवराज रेग्मी अहिले निर्वाचन प्रहरी बन्ने सपनासहित अघि बढेका छन्। तीन वर्षअघि टिकटकमा भाइरल भिडियोले चर्चा कमाएका उनले यसपटक निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्।

‘सागर, बसन्ते, किस्ने…’ भन्दै भिडियो बनाएर चर्चामा आएका उनले म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाएपछि जे#ल समेत पुगेका उनी अहिले १९ वर्षका छन्।

म्यादी प्रहरीमा नाम निस्किए उनी यस पटक म्यादी प्रहरीको नयाँ ड्रेस सहित जिम्मेवारीमा देखा पर्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]