०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

दाङ जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, माघ ०६, २०८२

दाङ । घोराही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी दाङ सहित देशभर आज(मंगलवार)उमेदवारले मनोनयन दर्ता गराएका छन् । सोहि अनुरुप जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता कार्यक्तम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी दिएको छ । कार्यालयका अनुसार तिन वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनितिक दल र स्वतन्त्रले शान्तिपुर्ण तरिकाले आफनो उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्वर ३ मा मात्रै विभिभन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जनाको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका सहायक निर्वाचन अधिकृत टिका कुमारी रोकाले जानकारी दिनुभयो ।

जसमा नेपाली काग्रेसको तर्फबाट निवर्तमान सांसद दिपक गिरी, नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पाटीबाट धनबहादुर मास्की , रास्वपाबाट कमल सुवेदी, राष्टिय जनमोर्चाबाट कमला जिसी, नेपाल कम्युनिष्ट पाटी (माओवादी)बाट बल बहादुर वली, श्रम संस्कृति पाटीबाट टोप बहादुर महतरा, राष्टिय प्रजातन्त्र पाटीबाट दामोदर भण्डारी, नेश्नल रिपब्लीक नेपालबाट प्रितम चौधरी,प्रगतिशिल लोकतान्त्रिक पाटीबाट घनश्याम डाँगी , मंगोल नेशलन अर्गनाईजेसनबाट घनश्याम चौधरी, आम जनता पाटीबाट पाण्डवी नेपाली, नागरिक उन्मुक्ति पाटीबाट महेश चौधरी, सयुक्त नागरिक पाटीबाट बलविर कामी र मितेरी पाटी नेपालबाट सन्तोष सिंहले उमेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

यस्तै स्वतन्त्रबाट गोपाल वली, भरत परियार, यम बहादुर बस्नेत, सुरेस नेपाली, ईन्द्र बहादुर बस्नेत,प्रेम बहादुर वली,भागीराम चौधरी,सप्रिक कडेल र महेस डाँगीले उमेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता आज विहान १० बजेदेखी वेलुकी पाँच बजेसम्म समय निर्धारण गरिएको थियो ।
निर्वाचन क्षेत्र नम्वर २

यस्तैगरी क्षेत्र नम्बर २ मा कांग्रेसबाट किरणकिशोर घिमिरे , नेकपा एमालेबाट महासचिव शंकर पोखरेल,नेपाली कम्युनिष्ट पाटीबाट निर्मल आचार्य , रास्वपा पाटीका सहमहामन्त्री विपिन आचार्य, राष्टिय जनमोर्चाबाट मणीराम खनाल, राष्टिय प्रजातन्त्र पाटीबाट ऋषिकेस पोख्रेल, प्रगतिशिल लोकतान्त्रिक पाटीबाट प्रतिक अधिकारी,मंगोल नेशनल अर्गनाईजेसनबाट अम्मर बहादुर बुढामगर लगाएत विभिन्न दल र स्वतन्त्र गरी २३ जनाले उमेदवारी दिनु भएको छ ।
निर्वाचन क्षेत्र नम्वर १
यस्तैगरी यो समाचार तयार पार्दा सम्म प्राप्त विवरण अनुसार निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेकपा एमालेबाट रेवतीरमण शर्मा घिमिरे,नेपाली कम्युनिष्ट पाटीबाट मेटमणी चौधरी, राष्ट्रिय स्वतन्त्र पाटीबाट देवराज पाठक,राष्टिय जनमोर्चाबाट जिल्ला अध्यक्ष गणेश आचार्य , राष्टिय प्रजातन्त्र पाटीबाट विनय विसी, स्वतन्त्रबाट लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल प्रसाद केसी लगाएतले उमेदवारी दिनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!