०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

शुक्रबार देशका विभिन्न भू-भागमा वर्षा र हिमाली तथा पहाडी क्षेत्रमा हिमपात हुने,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, माघ ०७, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन देखिने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार चार प्रदेशका केही स्थानमा वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ।

बुधबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा तथा गण्डकी प्रदेशका सीमित स्थानमा मध्यम खालको वर्षा हुन सक्ने देखिएको छ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम स्तरको हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

विभागले हिमपातका कारण दैनिक जनजीवन, पर्यटन गतिविधि, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भन्दै सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!