२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शुक्रबार देशका विभिन्न भू-भागमा वर्षा र हिमाली तथा पहाडी क्षेत्रमा हिमपात हुने,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, माघ ०७, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भू-भागमा मौसममा आंशिक परिवर्तन देखिने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार चार प्रदेशका केही स्थानमा वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ।

बुधबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिनअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा तथा गण्डकी प्रदेशका सीमित स्थानमा मध्यम खालको वर्षा हुन सक्ने देखिएको छ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम स्तरको हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

विभागले हिमपातका कारण दैनिक जनजीवन, पर्यटन गतिविधि, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भन्दै सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]