२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

रुपन्देही एसपी क्षेत्री छोटो समयमा शान्ति सुरक्षालाई नयाँ उचाइमा पुर्याएर सरुवा भए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०८, २०८२

भैरहवा । रुपन्देही जिल्लाको शान्ति सुरक्षालाई नयाँ उचाइमा पु¥याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्री सरुवा हुनुभएको छ । सीमावर्ती जिल्ला, तस्करीको ट्रान्जिट र संगठित अपराधको जोखिमपूर्ण क्षेत्र मानिने रुपन्देहीमा एसपी क्षेत्रीले आफ्नो छोटो कार्यकालमा नै शान्ति सुरक्षा, अपराध अनुसन्धान र राजस्व चुहावट नियन्त्रणमा लोभलाग्दो सफलता हासिल गरेका थिए । तस्करीको सञ्जाल तोड्नेदेखि जघन्य अपराधका घटनाहरूको सफल अनुसन्धानसम्म उहाँको नेतृत्व अब्बल साबित भएको थियो ।

एसपी क्षेत्रीको कार्यकालको सबैभन्दा चर्चाको विषय उहाँको ‘अन्डरकभर’ कार्यशैली रह्यो । उनी प्रायः साँझपख सर्वसाधारणको भेषमा, कहिले गम्छा बाँधेर त कहिले सामान्य कुर्ता लगाएर मोटरसाइकलमा सीमानाका र गाउँबस्ती पुग्थे । प्रहरी प्रमुख नै यसरी छड्के अनुगमनमा निस्किँदा मातहतका प्रहरी युनिट सधैं सतर्क मात्र भएनन्, संगठनभित्र हुने आर्थिक चलखेल र वर्षौंदेखि जरा गाडेर बसेको ‘घुमुवा’ आतङ्क समेत निस्तेज भयो । कुनै बेला इन्चार्ज बन्न तँछाडमछाड हुने सीमावर्ती चौकीहरूमा एसपी क्षेत्रीको कडा निगरानी र कारबाहीको डरले प्रहरी कर्मचारीहरू जान हच्किने वातावरण सिर्जना भयो, जसको प्रत्यक्ष लाभ जिल्लाको शान्ति सुरक्षामा देखियो ।

तथ्यांकले पनि एसपी क्षेत्रीको सफलताको गवाही दिन्छ । चालु आर्थिक वर्षको बैशाखदेखि पौष मसान्तसम्मको विवरण हेर्दा भन्सार छली र अवैध चोरी पैठारी नियन्त्रणतर्फ प्रहरीले ऐतिहासिक सफलता हात पारेको छ । यस अवधिमा भन्सार छलीका १५ करोड ६४ लाख ४९ हजारभन्दा बढी मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ । श्रावणदेखि पौषसम्म मात्रै ९ करोड ६६ लाखभन्दा बढीको अवैध सामानसहित सयौं मोटरसाइकल, ट्रक, पिकअप र मानिसहरू नियन्त्रणमा लिइएको छ । यसैगरी, नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न पनि प्रहरीले शून्य सहनशीलता अपनायो । बैशाखदेखि पौषसम्मको अवधिमा अवैध उत्खनन् गर्ने ६३ वटा टिप्पर, ट्याक्टर र जेसिबी नियन्त्रणमा लिई २८ लाख ५४ हजारभन्दा बढी राजस्व संकलन गरिएको छ ।

संगठित र जघन्य अपराधको अनुसन्धानमा पनि रुपन्देही प्रहरीले यस अवधिमा ठूलो फड्को मारेको देखिन्छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विदेश पठाउने गिरोहका नाइके र ‘कलेज कोच नेपाल’का सञ्चालकदेखि लिएर विभिन्न विश्वविद्यालयका नक्कली होलोग्राम, स्ट्याम्प र सर्टिफिकेट बनाउने अन्तर्राष्ट्रिय गिरोहलाई कानुनी दायरामा ल्याउन प्रहरी सफल भयो । त्यस्तै, गोर्खाज फाइनान्स लिमिटेडमा कमसल सुन धितो राखेर करोडौं ठगी गर्ने बैंकिङ कसुरको जालो तोड्दै प्रहरीले मुख्य अभियुक्तहरूलाई पक्राउ गरी कारागार चलान गराएको छ ।

शान्ति सुरक्षामा चुनौती थप्ने हत्या, लुटपाट र हिंसात्मक घटनाहरूमा पनि प्रहरीले तदारुकताका साथ काम गरेको पाइयो । बुटवल र मायादेवी क्षेत्रमा भएका बीभत्स हत्याकाण्डका अभियुक्तहरू, सरकारी छाप कीर्ते गर्ने मालपोतका कर्मचारीहरू र सुनचाँदी पसल लुटपाटमा संलग्न भारतीय हतियारधारी समूहलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याइएको छ । विशेषगरी, लुम्बिनी क्षेत्रमा १४ वर्षीया नाबालिका र उनकी आमालाई बन्धक बनाई जबरजस्ती करणी र लुटपाट गर्ने कुख्यात भारतीय अपराधी रमजान खानको गिरोहलाई पक्राउ गर्नु एसपी क्षेत्रीको कार्यकालको अर्को ठूलो उपलब्धि रह्यो ।

अदालतको फैसला कार्यान्वयनमा पनि रुपन्देही प्रहरीको सक्रियता उदाहरणीय देखियो । बैशाखदेखि पौषसम्मको अवधिमा मात्रै ६१९ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । उनीहरूबाट ४ करोड ८१ लाखभन्दा बढी जरिवाना असुल हुनुका साथै २०१ वर्षभन्दा बढीको कैद भुक्तानका लागि कारागार पठाइएको छ । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड नियन्त्रणदेखि सीमावर्ती अपराध नियन्त्रणमा एसपी क्षेत्रीले देखाएको कमाण्डिङ भूमिकाको सर्वत्र प्रशंसा भएको थियो ।

आफ्नो कार्यकालमा करोडौं राजस्व संकलन, सीमामा तस्करी गतिविधि शून्य, बिचौलियाको अन्त्य र संगठनभित्रको शुद्धीकरण अभियान चलाएवापत एसपी क्षेत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दुई–दुई पटक पुरस्कृत समेत गरेको थियो । यद्यपि, सुरक्षा व्यवस्थापन मजबुत बन्दै गएको र अपराधीहरूको सातो गएको अवस्थामा नेतृत्व परिवर्तन हुँदा त्यसको असर जिल्लाको सुरक्षामा पर्न सक्ने चिन्ता स्थानीय र सुरक्षा विश्लेषकहरूले व्यक्त गरेका छन् । तस्करी र अपराधको जालो तोडेर रुपन्देहीमा ‘सिस्टम’ बसाल्दै गरेका एसपी क्षेत्रीको सरुवालाई जिल्लावासीले एक कुशल कमाण्डरको बहिर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!