०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

लभ बाइट्सका रोमाञ्चक पक्ष, समर्पित प्रेमको पहिचान हो,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, माघ ०८, २०८२

काठमाडौं । लभ बाइट्स समर्पित प्रेमको पहिचान हो । यो आफू र आफ्ना प्रिय–प्रियसीबीचको रोमाञ्चक क्षणको साक्षी हो । यसले संसारलाई आफूहरूबीचको प्रगाढताका बारेमा जानकारी दिन्छ । धेरैजसो मानिस आफ्नो निजी जीवनलाई सार्वजनिक गर्न चाहँदैनन्, त्यसैले उनीहरू आफ्नो लभ बाइट्स लुकाउँछन् । यद्यपि यो दुई प्रेमीबीचको रोमान्सको अनुपम क्षण हो, जसका लागि कसैले पनि असहज महसुस

गर्नु पर्दैन ।

कसरी बन्छ लभ बाइट

मानव शरीरको गर्दन, छाती, काँध र जाँघको भित्री हिस्सा अत्यन्त संवेदनशील हुन्छ । यदि ती स्थानमा अत्यधिक दबाब दिइयो भने दबाबका कारण कोशिकाहरू प्रभावित हुन पुग्छन् र त्यहाँ डाम बस्छ । यस्ता लभ बाइट बन्नुको कारण ती स्थानका रक्त कोशिका प्रभावित हुनु हो ।

कसरी दिने परफेक्ट लभ बाइट

परफेक्ट लभ बाइटका लागि केही मेहनत गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले फोरप्लेबाट आफ्नो साथीलाई उत्तेजित गराउनुपर्छ । त्यसबीच लभ बाइट कुन स्थानमा दिने निर्णय गर्नुपर्छ । यदि लभ बाइट लुकाउन चाहने हो भने छाती वा काँध उपयुक्त स्थान हुन्छ तर कुनै समस्या छैन भने लभ बाइटका लागि सबैभन्दा उचित स्थान गर्दन हो ।

रोचक कुरा

 लभ बाइट दुई सातासम्म रहन सक्छ । यस विषयमा गरिएको अनुसन्धान अनुसार यसको प्रभाव कति समयसम्म रहन्छ भन्ने कुरा यो कति गहनताका साथ गरिएको हो र यौनसाथीको स्वास्थ्य स्थिति कस्तो छ भन्ने कुरामा निर्भर रहन्छ ।

 यदि हल्का दबाब वा घर्षणले शरीरमा नीलो वा कालो दाग बस्छ भने यसले शरीरमा रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्सको कमी छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसबाहेक जसको शरीरमा आइरनको कमी हुन्छ उसको शरीरमा पनि छिट्टै लभ बाइट बस्छ ।

 वात्स्यायनले कामसूत्रमा आठ प्रकारका लभ बाइट्सका बारेमा उल्लेख गरेका छन् ।

 अधिकांश व्यक्ति लभ बाइट लुकाउन चाहन्छन्, तर यसको प्रभाव हटाउन केही समय लाग्छ । त्यसको कारण लभ बाइट्सको प्रभाव छालाको बाहिरी हिस्सामा नभै भित्री हिस्सामा समेत उपस्थित हुनु हो । Saptahik

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!