०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

लभ बाइट्सका रोमाञ्चक पक्ष, समर्पित प्रेमको पहिचान हो,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, माघ ०८, २०८२

काठमाडौं । लभ बाइट्स समर्पित प्रेमको पहिचान हो । यो आफू र आफ्ना प्रिय–प्रियसीबीचको रोमाञ्चक क्षणको साक्षी हो । यसले संसारलाई आफूहरूबीचको प्रगाढताका बारेमा जानकारी दिन्छ । धेरैजसो मानिस आफ्नो निजी जीवनलाई सार्वजनिक गर्न चाहँदैनन्, त्यसैले उनीहरू आफ्नो लभ बाइट्स लुकाउँछन् । यद्यपि यो दुई प्रेमीबीचको रोमान्सको अनुपम क्षण हो, जसका लागि कसैले पनि असहज महसुस

गर्नु पर्दैन ।

कसरी बन्छ लभ बाइट

मानव शरीरको गर्दन, छाती, काँध र जाँघको भित्री हिस्सा अत्यन्त संवेदनशील हुन्छ । यदि ती स्थानमा अत्यधिक दबाब दिइयो भने दबाबका कारण कोशिकाहरू प्रभावित हुन पुग्छन् र त्यहाँ डाम बस्छ । यस्ता लभ बाइट बन्नुको कारण ती स्थानका रक्त कोशिका प्रभावित हुनु हो ।

कसरी दिने परफेक्ट लभ बाइट

परफेक्ट लभ बाइटका लागि केही मेहनत गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले फोरप्लेबाट आफ्नो साथीलाई उत्तेजित गराउनुपर्छ । त्यसबीच लभ बाइट कुन स्थानमा दिने निर्णय गर्नुपर्छ । यदि लभ बाइट लुकाउन चाहने हो भने छाती वा काँध उपयुक्त स्थान हुन्छ तर कुनै समस्या छैन भने लभ बाइटका लागि सबैभन्दा उचित स्थान गर्दन हो ।

रोचक कुरा

 लभ बाइट दुई सातासम्म रहन सक्छ । यस विषयमा गरिएको अनुसन्धान अनुसार यसको प्रभाव कति समयसम्म रहन्छ भन्ने कुरा यो कति गहनताका साथ गरिएको हो र यौनसाथीको स्वास्थ्य स्थिति कस्तो छ भन्ने कुरामा निर्भर रहन्छ ।

 यदि हल्का दबाब वा घर्षणले शरीरमा नीलो वा कालो दाग बस्छ भने यसले शरीरमा रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्सको कमी छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसबाहेक जसको शरीरमा आइरनको कमी हुन्छ उसको शरीरमा पनि छिट्टै लभ बाइट बस्छ ।

 वात्स्यायनले कामसूत्रमा आठ प्रकारका लभ बाइट्सका बारेमा उल्लेख गरेका छन् ।

 अधिकांश व्यक्ति लभ बाइट लुकाउन चाहन्छन्, तर यसको प्रभाव हटाउन केही समय लाग्छ । त्यसको कारण लभ बाइट्सको प्रभाव छालाको बाहिरी हिस्सामा नभै भित्री हिस्सामा समेत उपस्थित हुनु हो । Saptahik

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!