०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

भक्तपुरको बाल सुधार गृहमा एक आपसमा झडप १३ जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-२ सानोठिमीस्थित बाल सुधार गृहमा कुटाकुट भएको छ। बिहीबार राति १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुटसँगै आगजनी र तोडफोड समेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बाल सुधार गृहमा राखिएका दुई पक्षबीच  बिहीबार राति कुटाकुट भएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। डीएसपी जवेगुका अनुसार स्थिति नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीहरूमाथि नै उनीहरूले इँटा, ढुंगा समेत प्रहर गरेका थिए। कुटपिट हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना बेहोस अवस्थामा छन्।  झडपमा दुईजना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!