काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-२ सानोठिमीस्थित बाल सुधार गृहमा कुटाकुट भएको छ। बिहीबार राति १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुटसँगै आगजनी र तोडफोड समेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बाल सुधार गृहमा राखिएका दुई पक्षबीच बिहीबार राति कुटाकुट भएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। डीएसपी जवेगुका अनुसार स्थिति नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीहरूमाथि नै उनीहरूले इँटा, ढुंगा समेत प्रहर गरेका थिए। कुटपिट हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना बेहोस अवस्थामा छन्। झडपमा दुईजना सुरक्षाकर्मी पनि घाइते भएका छन्।