१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवस तथा रजत महोत्सव समारोह सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’

परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ ।

२०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, मधेस आन्दोलन, सीमानामा हुने डकैती र बिपद्‌मा शान्ति कायम गरेर जिउधनको सुरक्षा गर्दै आएको अर्यालले बताए । उनले भने, ‘विपद्‌मा परेकाहरूलाई मृत्युको मुखबाट उद्धार गर्न सक्दा मात्र हाम्रो उपस्थिति सार्थक रहन्छ ।’

सीमा सुरक्षासँगै साम्प्रदायिक द्वन्द्व तथा आवाञ्छित गतिविधि नियन्त्रण गर्न सशस्त्र तयार रहेको अर्यालले बताए । सीमानामा विद्युतीय अभिलेख राख्न अपरिहार्य भएको उल्लेख गर्दै आईजी अर्यालले भने, ‘यसमा सरकारको चासो आवश्यक छ ।’

स्थापनाको २५ औँ वर्षमा सशस्त्रले अग्नि, जल र उच्च हिमाली क्षेत्रमा उद्धार गर्न सक्ने क्षमता बनाएको अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!