२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेशले असमानता बढाउने निति खारेज गर्न माग,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, माघ १०, २०८२

 

दाङ । गैरसरकारी सस्था महासंघले पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने, प्राकृतिक स्रोत साधन माथिको पहुँच वृद्धि गर्नुपर्ने माग लगायतका माग राखि विरोध गरिरहेको छ । यसै क्रममा महासंघ लुम्बिनी प्रदेशले शनिबार दाङको राप्ती गाउँपालिका-२ बराखुट्टीमा पत्रकारहरू सँग छलफल गरेको छ । महासंघका लुम्बिनी प्रदेश कार्यक्रम संयोजक केशव भुसालले जलवायु संकट समाधान गर्नुपर्ने, खनिज ईन्धन बन्द गर्नुपर्ने, गरिब श्रमिकलाई नभई धनाढ्यलाई कर लगाउनु पर्ने, आर्थिक असमानता बढाउने निति खारेज गर्नु पर्ने, जिउन पुग्ने ज्यालाको व्यवस्था गर्नुपर्ने, सबै श्रमिकलाई सामाजिक सुरक्षा सुनिश्चित गर्नु पर्ने र गुणस्तरीय सार्वजनिक सेवामा लगानी गर्नुपर्ने माग रहेको बताए ।

त्यस्तै उनले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, विपद व्यवस्थापन बसाईसराई लगायतका क्षेत्रमा असमानता विरुद्ध आबाज उठाई शक्ति राष्ट्रहरुलाई विकाशसिल तथा बिकासन्मुख राष्टहरुको पक्षमा अर्न्तराष्टिय सम्बन्ध कायम गर्न, नेपालमा आर्थिक, राजनैतिक लगायत असामानताका विभिन्न आयामहरुमा सम्बन्धित सबै पक्षमा ध्यान केन्द्रित गराउन, बढदो जलबायु संकट समाधानमा शक्ति राष्ट्रहरुको ध्यान आकृष्ट गरि जलबायुमैत्री कार्यव्यबस्था तथा विकासशिल राष्ट्रहरुलाई उचित क्षतिपुर्ती र लगानी मैत्री वातावरण तयार जरुरी रहेको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय टेलिभिजनका सन्तोष कुमार गुप्ता, लुम्बिनी सञ्चार डटकमकी लक्ष्मी पोख्रेल, हाम्रो लुम्बिनी न्युज डटकमका बासुदेव न्याैपाने, रेडियो राप्ती/ राप्ती टेलिभिजनका लालमणी भुसाल, एबीसी सञ्चार डटकका विदुर एमसी, देउखुरी टुडे डटकमका मोतीराम भट्टराई, ललित कुमाल, राप्ती प्रेस मञ्चकी किरण जिसी,सन्तोष थापा लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]