२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुगरका बिरामीहरुको एउटै शाझा प्रश्नहरु हुन्छन्, के खाने? उहाँहरुले भन्नुहुन्छ कि, मैले के खाने?

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १०, २०८२

काठमाडौं । के नखाने? आदि प्रश्नहरु सोध्ने गर्नुहुन्छ। सबै बिरामीलाई एउटै डाइटले काम गर्देन। तपाईको शरीर र काम अनुसार डाइट निर्धारण गर्नुपर्छ। कुन खानामा कति सुगर छ त्यसबारे सबै जान्नुपर्छ। र दैनिक जीवनमा कडा रुपमा लागू गरेमा सुगर घट्नसक्छ।

१ भेजिटेबलः भेजिटेबल्सहरुमा  पानीको मात्रा अत्यधिक( ७० देखि ८० प्रतिशतसम्म) हुन्छ भने कार्बोहाइड्रेटको मात्रा १० प्रतिशतसम्म हुन्छ। तर केही भेजिटेबल्सहरु जस्तैः जमिनमुनि फलेको आलु, पिँडालु, सखरखण्डहरुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। यस्ता खानेकुराहरु कम गर्नुपर्छ

२ फलफुलः फलफुलमा पनि केही धेरै मात्रामा कार्बोहाइड्रेट हुन्छ भने केहीमा कम हुन्छ। जस्तै अम्बा, अनारमा कार्बोहाइड्रेट कम हुन्छ भने केरा र आँपमामा बढी हुन्छ।

३ अन्नः अन्न हामीले मुख्य खानेकुरा हो। जस्तै भात, रोटी, चिउरा आदि। यीनीहरुमध्य पनि भातमा अत्यधिक मात्रामा कार्बोहाईड्रेट हुन्छ। यी सबै कार्बोहाइड्रेट बढी हुने खानेकुरा हुन्। तर हामी भात भन्दा रोटी राम्रो, भात भन्दा रोटी खानु राम्रो हुन्छ भन्छौ तर रोटी पनि पेटभरि खानुभयो भने सुगर बढ्न सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]