२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दर्शक झुक्काउँदै नेपालगन्ज महोत्सव, नआउने कलाकारको प्रचार गरी टिकट बिक्री,दर्शकहरु निराश,

Logo
बिदुर एमसी (भन्डाफोर) प्रकाशित मंगलबार, माघ १३, २०८२

बाँके – नेपालगन्ज । हिउँदका महिना जताततै मेला महोत्सव चलिरहेकै छन् । आयोजकहरुलाई मात्रै होइन । आफ्नो कला,गलाका प्रस्तुतिहरु पस्किएर नाम र दाम कमाउन कलाकारहरु पनि त्यत्तिकै व्यस्त छन् ।

आयोजकले नाम चलेका कलाकारको नाउँमा त्यही अनुसार व्यानर सहित भोंक्रो सुक्नेगरि प्रचारप्रसार गरेको हुन्छ । त्यही नाम चलेको कलाकारलाई हेर्ने र उसको प्रस्तुति प्रत्यक्ष देख्न – सुन्न आम दर्शकहरु लालायित हुन्छन् । मरिहत्ते गर्छन् ।

माघ १२ गते बाँकेको नेपालगन्जमा सञ्चालित महोत्सवमा आफ्नो प्रस्तुति राख्न आउने भनेर
गायक तथा मोडल दुर्गेश थापा आउने भनेर खुबै प्रचारप्रसार गरिएको थियो । तर कलाकार थापा आएनन् । फलतः दर्शकहरु निराश भएर त्यहीँ महोत्सव स्थलमै आयोजकका विरुद्धमा दर्शकहरुले नाराबाजी समेत गरेका थिए ।

आयोजकले बाँके जिल्ला नेपालगञ्जस्थित कारकाँदो प्रहरी गुल्म अगाडी गत पुस ३० गतेदेखि सो महोत्सव शुरु भएको थियो । महोत्सवमा माघ १२ गते, सोमबारका लागि चर्चित कलाकार दुर्गेश थापा आउने भनेर निकै दिन अगाडिदेखि अनेकौं तरिकाले हल्ला गरेको थियो । तर दु:खद कुरा भन्नुपर्छ, सोमबार रातिसम्म पनि ती गायक थापा स्टेजमा नदेखिएपछि दर्शकहरु निकै निराश हुँदै घर फर्किए ।

नाम चलेका कलाकारका नाउँमा महोत्सव आयोजकले टिकट बिक्री गरेर लाखौं रकम असुल्ने । तर कलाकार नआएर आयोजकले बेइमानी गरेको नेपालगञ्ज महोत्सवमा आएका बाँकेको खजुराका,बर्दिया गुलरियाका केही दर्शकको गुनासो छ ।

हामीलाई नाम चलेका कलाकार दुर्गेश आउँछन्, भनेर टिकट काट्न लगाइयो । तर त्यो टिकट त्यत्तिकै गयो । रातिसम्म उनी आएनन्,अर्का दर्शक बताउँछन् । यी त केही प्रतिनिधिमूलक आवाज र बोलीहरु हुन् ।

सोमबारका लागि दुर्गेश आउन नसकेको भए तापनि आगामी माघ १७ गतेका लागि उनै कलाकार दुर्गेश थापा आउने कुरा दुर्गेशले भिडियो मार्फत आफैं जानकारी गराएका छन् । सोही अनुसार माघ १७ गतेका लागि दर्शकलाई महोत्सवमा निशुल्क टिकट उपलब्ध गराउनुपर्ने दर्शनकहरुको माग छ ।तसर्थ, नेपालगञ्ज कारकाँदो चोकमा सञ्चालन गरिएको महाेत्सवमा माघ १७ गते सम्पूर्ण दर्शकका लागि टिकट फ्री गरिनुपर्छ । आयोजक यसतर्फ जिम्मेवार बनोस् भन्ने सबैको अपेक्षा रहेकोे छ । यता नेपालगन्ज महोत्सव आयोजकले चर्चित गायक तथा मोडल दुर्गेश थापा बिबिध कारणबस आउन नसकेको भन्दै दर्शकहरुसङ महोत्सव आयोजकले क्षमा मागेको सूचना सार्वजनिक गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]