२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा युवराज सफल पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ १३, २०८२

काठमाडौं । युवराज पौडेल उर्फ युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीका अनुसार उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडियो र दिएका अन्तर्वार्तामा झूटो आरोप लगाएका थिए ।

उक्त भिडियोमा देखिएका युवराज सफल भन्ने युवराज पौडेललाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयको माघ ८ गते प्रहरीलाई पत्राचार गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]