२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कर्णाली प्रदेश सुर्खेतको ट्राफिक प्रमुख एसपी मुकुन्द रिजालले औपचारिक रूपमा कार्यभार सम्हाले,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, माघ १३, २०८२

बाँके । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) मुकुन्द रिजालले सोमबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

केही दिनअघि मात्र सरुवा भई सुर्खेत आएका एसपी रिजालले कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेसँगै मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। उनले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सवारी दुर्घटना न्यूनीकरण गर्ने र राजमार्गमा सुरक्षित यात्राको वातावरण सिर्जना गर्न विशेष जोड दिनुपर्ने बताएका छन्।

एसपी रिजालले ट्राफिक प्रहरीको आचरण, व्यवहार र व्यवसायिक निष्ठा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। साथै उनले उत्कृष्ट काम गर्ने ट्राफिक कर्मचारीलाई प्रोत्साहन गर्ने र सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पारेका छन्।

उनले जिम्मेवारी सम्हाल्दै राजमार्ग सुरक्षालाई सुदृढ बनाउने र ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]