१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

महिलाहरुको महिनावारी हुँदा किन पेट दुख्छ ?

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, माघ १५, २०८२

काठमाडौं । म १९ वर्षीया किशोरी हुँ मेरो महिनावारी सधैं दुई–चार दिन ढिलो चाँडो हुन्छ र मलाई अत्यधिक पीडासमेत हुन्छ । के कारणले यस्तो हुन्छ ? उमेर बढ्दै जाँदा महिनावारीको पीडा कम हुनुपर्ने होइन र ? मलाई सधैं पहिलो महिनावारीजस्तै पीडा हुन्छ । यो दुखाइ सामान्य हो कि होइन ? यसले भविष्यमा कुनै नकारात्मक असर त गर्दैन ?

महिनावारी हुँदा

किन पेट दुख्छ ?

प्राय: सबैजसो महिलाले महिनावारी हुँदा धेरथोर पीडा भएको अनुभव गरेकै हुुन्छन् । आधाजसो महिलाले त बेस्सरी नै दुखेको महसुस गर्छन् । महिनावारीको यस्तो पीडालाई चिकित्सा विज्ञानमा dysmenorrhea भनिन्छ । यस्तो किसिमको दुखाइ तल्लो पेट, कटी प्रदेश pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत हुन सक्छ । महिनावारी हुँदा कतिपय महिलालाई तल्लो पेट असाध्यै दुख्न सक्छ र त्यसले सामान्य दैनिक जीवनलाई नै अप्ठयारोमा पार्छ ।

महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन–छिनमा संकुचन आउँछ र त्यस क्रममा पीडा अनुभव हुन्छ । किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएकाले तरुण अवस्थाको भन्दा बढी दुख्छ । समय बित्दै गएपछि वा सन्तान जन्माइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएकाले त्यस्तो धेरै पीडा महसुस हुँदैन । त्यसबाहेक यसरी महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत बाट prostaglandin रसायन निस्कन्छ, जसले रक्त नसामा संकुचन ल्याउँछ र पाठेघरलाई आवश्यक रक्त प्रवाहमा कमी आई अक्सिजनको मात्रामा कमी आउँछ । यो प्रक्रियामा पनि पीडा हुन्छ । यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरंग प्रक्रिया भएकाले प्राकृतिक नै हुन् । तपाईंलाई महिनावारी सञ्चालनको प्रक्रियामा हार्मोनको उतारचढावका कारण पीडा हुन्छ, तर कतिपय महिलामा असाध्यै पीडा हुने कारण यी हार्मोनप्रतिको अति संवेदनशीलता हो भनिन्छ ।

स्वस्थ महिलामा अन्य लक्षणको कुरा गर्दा दुख्नुका अतिरिक्त ३ देखि ५ दिनसम्म योनिवाट रगत आउँछ । सामान्यत: महिनावारी चक्र २८ दिनको हुने भए पनि केही महिलामा चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिनसम्म सामान्य रूपमै हुन सक्छ ।

दुख्नेबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन् । पेट फुलेजस्तो हुने, चिन्ता बढ्ने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, प्यास लाग्ने, खानाको रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र त्यस्तो स्थितिलाई Premenstrual tension syndrome भनिन्छ । तपाईंलाई त्यस्तो भएको छ कि छैन केही लेख्नुभएको छैन ।

 

पीडा कम गर्न के गर्ने ?

पीडा भैरहेका बेला आरामको आवश्यकता हुन्छ । त्यसैले थप आराम तथा सुत्ने प्रयास गर्नुभए हुन्छ, तर नदुखेका बेला भरसक अरूझैं नै दैनिक घरेलु कार्यमा वा पढाइमा व्यस्त रहनुपर्छ । व्यक्तिगत सरसफाइ तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्‍याउनुपर्छ । नुनको मात्रा कम गर्दा शरीरमा जम्मा हुने पानी कम हुने भएकाले पनि केही सजिलो हुने कुरा बताइन्छ ।

पीडा कम गर्न तातो वस्तुले जस्तै कि hot water bottle वा बाक्लो कपडा तताएर सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत पुग्छ । केही तातो पेय पिउँदा वा पेटमा हल्का मालिस गर्दा पनि पीडा कम हुन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि पीडा कम गर्न मद्दत गर्छ । तपाईंले औषधी सेवन गरेर पनि पीडा कम गर्न सक्नुहुन्छ ।

धेरै नै दुखे के गर्ने ?

तपाईंलाई जस्तै केही व्यक्तिलाई अति नै दुख्न सक्छ र घरेलु उपाय वा सिटामोलजस्ता औषधीको सेवन पर्याप्त नहुन सक्छ । यस्तो स्थितिमा आफ्नो दैनिक जीवन, स्कुल अनि निद्राजस्ता कुरामा पनि बाधा पर्न सक्छ । यस्तो भएको स्थितिमा चिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ । आवश्यकता हेरी चिकित्सकले केही कडा किसिमको पीडा कम गर्ने औषधी, पिसाब लगाउने औषधी वा हार्मोन भएका औषधी दिन सक्छन् । यस्ता हार्मोनयुक्त औषधी परिवार नियोजनको खाने चक्कीमा पनि पाइने भएकाले चिकित्सकले त्यस्तै खाने चक्की दिन सक्नुहुन्छ । यहाँ उक्त चक्कीको प्रयोग गर्भ निरोधका लागि नभएर पीडा कम गर्न हो । मानसिक तनाव वा चिन्ता जस्ता ख्यालै नगरिने कारणहरूले यस्ता समस्या पारिराखेको हुन सक्ने भएकाले तिनलाई हटाउन पनि आवश्यक कदम चाल्नुपर्छ ।

कमै मात्र हुने भए पनि प्राकृतिक रूपमै कुनै रोग विशेष नभै यसरी तल्लो पेट दुख्नेबाहेक अन्य केही खराबी त छैन भनेर पनि हेर्नुपर्छ । यस्तै १० प्रतिशत महिलामा कुनै खराबी हुन सक्छ, जस्तै इन्डोमेट्राईटिस वा पाठेघरमा मासु बढ्नु वा पाठेघरको संक्रमण हुनु आदि । यसका लागि तपाईंले स्त्रीरोग विशेषज्ञको सल्लाह लिनुपर्ने हुन्छ ।

पछि के असर गर्ला ?

यस्तो पीडा प्राकृतिक कारणले नै भएको हो भने त भविष्यमा केही असर पर्दैन, तर कुनै रोग वा विकार छ भने त्यसैअनुसार असर पर्न सक्ने सम्भावना हुन्छ । त्यसैले सबै भन्दा पहिले कुनै खराबी त छैन भनेर पक्का गर्नु श्रेयष्कर हुन्छ ।
#Saptahik

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!