२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा निर्वाचनको सुरक्षाको लागि ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १५, २०८२

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ । निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको हो ।

वर्गीकरणका आधारमा मतदानस्थलको सुरक्षाको प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उनका अनुसार निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा योजना–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

मुख्यगरी मतदान पूर्व, मतदान हुँदा र मतदानपछिको सुरक्षाबारे योजनाबद्ध काम थालिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । उहाँले विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या, जेनजी आन्दोलनपछिको अवस्थालगायत सुरक्षा विश्लेषण गरी जिल्लामा सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार दाङमा १५९ मतदानस्थल र ४८२ मतदान केन्द्र रहेका छन् । तीमध्ये १३४ संवेदनशील, १६ अतिसंवेदनशील र नौ वटा सामान्य मतदानस्थल रहेका जनाउँदै सोही बमोजिम सुरक्षा व्यावस्था मिलाइएको बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनमा नेपाली सेनाका ६०९, सशस्त्र प्रहरीका ४६९, नेपाल प्रहरीका एक हजार ३८१, निर्वाचन प्रहरीअन्तर्गत नेपाल प्रहरीका दुई हजार ४१५ र सशस्त्र प्रहरीका ३०३ तीन गरी जिल्लामा पाँच हजार १७७ सुरक्षाकर्मी परिचालन हुनेछन् ।

चुनावी कार्यक्रम, उम्मेदवारको घरदैलो, मतदाता, मतदानस्थल, सहज मतदान र मतपेटिका र मतगणनास्थलको सुरक्षा गर्न सुरक्षा रणनीति तयार गरी लागू गरिएको छ । प्रजिअ अर्यालले कतै एकल कतै संयुक्त सुरक्षा गस्ती भइरहेका बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दीपककुमार श्रेष्ठले निर्वाचनलाई मध्येनजर गरी जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ पारिएको बताउनुभयो । उहाँका अनुसार जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेल निर्माण गरी कार्यान्वय भइसकेका छन् ।

त्यसैगरी निर्वाचनमा खटिने निर्वाचन प्रहरीको नतिजा सार्वजनिक गरी प्रशिक्षणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । दाङमा कूल चार लाख ३१ हजार ६८७ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]