२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

खानेतेल प्रतिलिटर ४० रुपैयाँसम्म बढयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ १७, २०८२

काठमाडौं । खानेतेल (भटमास र सूर्यमुखी) को भाउ अस्वाभाविक रूपमा बढेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार एक सातामा प्रतिलिटर ४० रुपैयाँसम्म बढेको हो।

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ।

संघका कोषाध्यक्ष वसन्त महर्जनले खानेतेलको भाउ अस्वाभाविक रूपमा बढेकाले कारोबार गर्न नै समस्या रहेको गुनासो गरे। ससानो पुँजी लगानी गरेर आमउपोक्ताको घरछेउसम्म सेवा दिने हामी व्यवसायीले दिनदिनै भाउ बढ्यो भनेर उपभोक्तासँग कसरी कारोबार गर्ने?’ उनले प्रतिप्रश्न गरे।

संघका वरिष्ठ उपाध्यक्ष नरेश खड्गीले अस्वाभाविक रूपमा दिनैपिच्छे भाउ बढ्दा व्यवसायी दोहोरो मारमा परेको बताए।

‘खुद्रा व्यापारीले थोकमा किन्दा बढेको भाउ तिरेर ल्याउनु पर्छ, यता उपभोक्ता महँगो भयो भनेर गुनासो गर्छन् अनि अर्कातिर सरकारी नियमनकारी निकायले हाम्रै पसलमा अनुगमन गरेर कारबाही गर्छ’, उनले भने।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपालमा तेल उत्पादन उद्योगले नेपालका लागि उत्पादन गरेको तेल भारतमा पठाउन थालेपछि भाउ बढेको बताए। उनको अनुभवमा जब भारतमा खानेतेल महँगो भयो, तब नेपालका तेल उत्पादक उद्योगीले भटाभट भारतमा निर्यात गर्न थाले।

खुला बजार अर्थतन्त्रमा तेलको सीमित उत्पादन भइरहेको अवस्थामा माग बढेपछि मूल्य बढ्नुलाई अस्वाभाविक मान्न नहुने तर्क थोक व्यापारी श्रेष्ठको छ।

नेपालका खानेतेल उत्पादक उद्योगीले अमेरिकी डलरको भाउ बढ्दा कच्चा पदार्थको भाउ बढेको र जसका कारणले खानेतेलको भाउ बढेको स्वीकार गरेका छन्। कच्चा पदार्थको भाउ नै बढेपछि तेलको भाउ बढ्नुलाई अस्वाभाविक रूपमा लिन नमिल्ने तर्क उद्योगीले गरेका छन्।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा नेपालबाट ६० अर्ब रुपैयाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ। नेपालमा पर्याप्त तेल उत्पादन हुँदाहुँदै पनि उद्योगीले तेल भारत निर्यात गरेको हुँदा महँगीको मारमा नेपाली उपभोक्ता परेको अधिकारकर्मी बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]