२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अदालतको आदेश हुँदाहुँदै सैनिक कल्याणकारी भवनमा दरभाउपत्र, समस्यामा परे व्यवसायी,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ १८, २०८२

काठमाडौँ । न्युरोडको महाङ्कालमा रहेको सैनिक कल्याणकारी भवनमा लामो समयदेखि भाडा सम्बन्धी विवाद चलिरहेको छ ।

सैनिक कल्याणकारी कोषले श्री जयन्ती निर्माण सेवासँगको करार सम्झौता २०७९ असोजमा भङ्ग गरेपछि सुरु भएको विवाद अहिलेसम्म टुङ्गिएको छैन । सेनाको स्वामित्वमा रहेको उक्त भवनमा हाल एसटीसी होलसेल मार्केट सञ्चालनमा छ ।

श्री जयन्ती निर्माण सेवा प्रालिसँग गरिएको लिज करारका सर्त पालना नभएको भन्दै संस्कार नारायण भारीले काठमाडौँ जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकबहादुर कार्कीले सैनिक कल्याणकारी कोष र श्री जयन्ती निर्माण सेवा प्रालिलाई करार सम्झौताविपरीत हुने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएका थिए । जयन्ती र निवेदकबीच २०७८ चैतमा लिज करार सम्झौता भएको थियो ।

अन्तरिम आदेश कायम रहँदै भवन व्यवस्थापन समितिका लेखापाल नानीराम थापा, पूर्व जर्नेलद्वय सुनिल विष्ट र कृष्णदेव भट्टले व्यापारीहरुलाई भवन छाड्न दबाब दिएको आरोप व्यापारीहरुले लगाएका छन् । एसटीसी मार्केटका एक व्यापारी भन्छन्, ‘नानीराम थापा सहितका पूर्वसैनिक अधिकृतहरुले निरन्तर भवन छाड्न दबाब दिनुहुन्छ ।’

पूर्वसैनिक अधिकृतहरु भवन व्यवस्थापन समितिमा आबद्ध रहेको बताइन्छ । सैनिक कल्याणकारी भवन १४ वर्षका लागि भाडामा दिने गरी भएको पुरानो सम्झौता तोड्दै समितिले मङ्सिर २६ मा नयाँ सम्झौताका लागि शिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो ।

सो निर्णयविरुद्ध अर्का व्यवसायी अस्मिलाल भट्टराईले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । उक्त रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न अदालतले माघ २२ मा दुवै पक्षलाई बोलाएको छ । अदालतले गर्ने अन्तरिम आदेशबारे छलफल भैरहेको छ ।

यस विषयमा सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले अदालतको आदेशविपरीत कुनै काम नभएको दाबी गरे । उनले भने, ‘कल्याणकारी कोषका जिम्मेवार अधिकारीहरुले व्यापारीहरुलाई अनावश्यक दबाब दिएका छैनन् । अदालतको आदेश उल्लङ्घन भएको छैन ।’

यता श्री जयन्ती निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक खगेन्द्र बुढा मगरले प्रधानसेनापतिको नाम बेचेर केही पूर्वसैनिक र सैनिक कल्याणकारी कोषका पदाधिकारीहरुले व्यापारीहरुलाई दुःख दिएको आरोप लगाए । हामीसंग कुरा गर्दै निर्देशक बुढाले भने, ‘अदालतको नियमलाई तोडेर केही पूर्वसैनिकहरुले छुट्टै रजाइँ गरिरहेका छन् । यो नितान्त गलत हो,यसमा प्रधानसेनापतिज्यूले गम्भीरतापुर्वक ध्यानाकर्ष जनाउनु हुनेछ,भन्नेमा म ढुक्क छु । आफ्नो व्यक्तिगत स्वार्थका निम्ति पछिल्लो समय केही पूर्वसैनिकहरु गलत सोचका साथ अदालतको आदेश उल्लङ्घन गर्न खोजिरहेका छन् ।’ यस किसिमको कार्य गर्दा सैनिक कल्याणकारी कोषलाई ठुलो असर पुग्ने निर्देशक बुढाले बताए ।

कोभिड-१९ को कहरबाट व्यवसाय भरखरै उठ्न थालेको समयमा कम्पनीले आफ्नो दायित्व अनुसार काम गरिरहेको भएपनि बीचमै सम्झौता तोडिएपछि मुद्दा उच्च अदालत पाटनमा पुगेको उनले बताए । समितिका केही पदाधिकारी र सैनिक कल्याणकारी कोषसँग सम्बन्धित केही कानुन व्यवसायीहरुले समेत अदालतको आदेशलाई बेवास्ता गर्न खोज्नु दुःखद भएको उनको भनाइ छ ।

निर्देशक बुढाका अनुसार जसरी भएपनि श्री जयन्ती निर्माण सेवा प्रालिलाई मुद्दा हराउने उद्देश्यले समितिका केही साना दर्जाका पदाधिकारीहरुले दबाबको खेल खेलिरहेको चर्चा छ । उनले भने, ‘म सम्मानित अदालतको सम्मान गर्छु । दुई चार जनाले दबाब सिर्जना गरेपनि अन्ततः अदालतले न्यायको पक्षमा फैसला गर्छ भन्नेमा ढुक्क छु ।’

प्रालिविरुद्ध मुद्दा हराउने उद्देश्यले समितिका पदाधिकारी र केही वकिलहरुले विभिन्न निकायमा भेटघाट गरिरहेको सूचना पाएको उनले दाबी गरे । चिफ सापको नाम जोडेर अनावश्यक हल्ला फैलाइएको पनि उनले बताए ।

यसैबीच सैनिक कल्याणकारी कोष व्यवस्थापन समितिले सरकारबाट प्राप्त कोभिड छुट रकम, बिजुली महसुल, तीन महिनाको दोहोरो भाडा तथा श्री जयन्ती निर्माण सेवा प्रालिसँगको तीन महिनाको भाडा समेत गरी करोडौँ रुपैयाँ हिनामिना भएको आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]