१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

२५ लाख नक्कली नेपाली र भारतीय रुपैयाँसहित १० जना भारतमा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १९, २०८२

काठमाडौं । नेपाल भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपासमा नक्कली नोटको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह समातिएको हो । पूर्वी चम्पारण प्रहरी र एसटिएफको संयुक्त टोलीले भारतेको सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना नै फेला पारेर ध्वस्त पारेको छ ।

छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र नोट छाप्ने हाइटेक मेसिन बरामद भएको हो । नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री पनि बरामद भएको भारतीय प्रहरीको भनाइ छ । घटनामा संलग्न १० जना अभियुक्तलाई पक्राउ गरिएको छ, समातिनेमा ३ जना नेपाली नागरिक छन् ।

प्रहरीका अनुसार बरामद गरिएको नक्कली नेपाली रुपैयाँ नेपालमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी प्रयोग गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गिरोहले सीमावर्ती क्षेत्र प्रयोग गर्दै नक्कली नोट नेपाल भित्र्याउने तयारी गरिरहेको पाइएको छ । छापामारीक्रममा तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ । सुरक्षा निकायले गिरोहका अन्य सदस्य र यसका मुख्य योजनाकार ९मास्टरमाइन्ड० को खोजी तीव्र बनाएको जनाएको छ ।

प्रहरीले नक्कली नोट कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएकाले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

error: Content is protected !!