२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कपालको स्याहार कसरी गर्ने उपायहरु,

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ २१, २०८२

काठमाडौं । मानिसको व्यक्तित्वमा निखार ल्याउन केशको महत्वपूर्ण भूमिका हुन्छ । महिला हुन् वा पुरुष दुवैको व्यक्तित्व विकासमा केशले विशेष सहयोग पुर्‍याउँछ । सुख्खा, कान्तिहीन एवं रुखो केशका कारण सौन्दर्यमा ठूलो धक्का पुग्छ भने मुलायम, चम्किलो एवं लहलहाउँदो केशले सौन्दर्य वृद्धिमा मद्दत गर्छ ।

सौन्दर्यका लागि अनुहार, हातखुट्टा आदि अंगजस्तै केशको स्याहार–सुसारमा पनि ध्यान पुर्‍याउनुपर्छ । विशेष गरेर केशको ख्याल राखियो भने यसले अझ बढी सुन्दर बन्न सहयोग गर्छ ।

केशको सुन्दरताले व्यक्तित्वमा समेत सकारात्मक भाव सिर्जना गर्न सक्छ । केशले सामान्य मानिसलाई पनि आकर्षक देखाउँछ । सौन्दर्यमा अहम् भूमिका खेल्ने केशलाई झट्ट हेर्दा चम्किलो तथा मुलायम बनाउनुका साथै केश झर्नबाट रोक्न उचित स्याहार आवश्यक छ । जसरी एउटा बिरुवा सपार्न मलजलको व्यवस्था गर्नुपर्छ त्यस्तै प्रकारले केशको स्याहारका लागि हेयर ट्रिटमेन्टको ठूलो भूमिका हुन्छ ।

सुन्दर केशका लागि

१५–१५ दिनमा केश ट्रिटमेन्ट गराउनुका साथै स्टिम लिने।

केश नुहाउनुअघि तेलले मसाज गर्ने ।

महिना–महिनामा मेहन्दी लगाउने ।

गुणस्तरीय स्याम्पु एवं कन्डिसनर प्रयोग गर्ने ।

यसरी गरौं केशको स्याहार

केश राम्रो हुन्छ ।

केश झर्नबाट रोकिन्छ ।

केश चम्किलो, नरम तथा सिल्की देखिन्छ ।

केशको चायाँ हटाउन सकिन्छ ।

जर्रो केशलाई नरम बनाउन सकिन्छ ।

छोटो केशलाई लामो बनाउन मद्दत मिल्छ ।

मेहन्दीद्वारा सेतो केशलाई रातो बनाउन सकिन्छ ।
#Saptahik #

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]