२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एआईजी डम्बर बहादुर बिकद्वारा जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २२, २०८२

सर्लाही । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल काठमाडौँका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको नेतृत्वमा आएको टोलीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुगमन तथा निरीक्षण गरेको छ।

आज २०८२ माघ २१ गते साँझ करिब १८:१० बजे कार्यालयमा पाल्नु भएका अतिरिक्त महानिरीक्षक बि.क.सहितको टोलीले कार्यालयका सम्पूर्ण शाखाहरूको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारी तथा मातहतका सम्पूर्ण प्रहरी इकाई प्रमुखहरूलाई निर्देशन–सम्बोधन गर्नुभएको हो।

कार्यक्रमका क्रममा उहाँले जिल्लाको शान्ति–सुरक्षा अझ प्रभावकारी बनाउने, बदलिँदो परिवेशअनुसार छिटो, छरितो, निष्पक्ष तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने, साथै अपराध अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष निर्देशन दिनुभयो।
त्यसैगरी, २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीले विशेष सुरक्षा योजना बनाई उच्च मनोबलका साथ जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

साथै, सिमानाकाबाट हुने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि कडाइका साथ चेकजाँच व्यवस्था मिलाउनुपर्ने, प्रहरी कर्मचारीहरूले अनुशासनको दायराभित्र रही त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने लगायतका समसामयिक विषयमा उहाँले महत्वपूर्ण निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]