२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कलाकार सुनिल थापाको निधनमा बलिउड अभिनेत्री प्रियंका चोपडाले श्रद्धाञ्जली व्यक्त गरिन्

Logo
ABC-Sanchar प्रकाशित शनिबार, माघ २४, २०८२

काठमाडौं । सन् २०१४ मा रिलिज भएको चर्चित फिल्म ‘मेरी कोम’ को एक विशेष दृश्य आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै प्रियंकाले थापालाई सम्झिएकी हुन् । उक्त फिल्ममा सुनिल थापाले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका थिए।

भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित फिल्ममा थापा प्रशिक्षकको भूमिकामा देखिएका थिए, जसले प्रियंकाको पात्रलाई सफलतासम्म पुर्‍याउन साथ दिने प्रमुख पात्रको रूपमा अभिनय गरेका थिए।

प्रियंकाले भावुक सन्देश लेख्दै सुनिल थापालाई ‘सधैंको कोच’ भन्दै सम्मान व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, ‘तपाईं सधैं मेरो कोच भएर रहनुहुनेछ सर। बुवालाई भर्खरै गुमाउँदा तपाईंले मलाई सम्हालेर राख्नुभयो। तपाईंले मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरूमा थाहा नपाई नै साथ दिनुभयो।’

प्रियंकाले सुनिल थापाको न्यानोपन, हाँसो र सहयोग कहिल्यै नबिर्सिने उल्लेख गर्दै अत्यन्तै चाँडै उनी संसारबाट विदा भएकोमा दुःख व्यक्त गरेकी छन्।

‘तपाईंका न्यानो अंगालो र हाँसो सधैं मेरा सम्झनामा रहनेछन्। अत्यन्तै चाँडै जानुभयो, तर कहिल्यै बिर्सिनुहुने छैन,’ प्रियंकाले लेखेकी छन्।

उनले कठिन समयमा आफूलाई देखाएको दयालुपनका लागि धन्यवाद दिँदै सुनिल थापाको आत्माको चिरशान्तिको कामना गरेकी छन् । साथै, थापाको परिवार तथा प्रियजनहरूप्रति गहिरो समवेदना र प्रार्थना व्यक्त गरेकी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]