१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ २४, २०८२

कर्णाली। सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई पक्राउ गरेको छ। स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई आज प्रहरीले पक्राउ गरेको हो।

आज दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उक्त समूहमा रहेका युवाले कालो र सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकाल्दै होहल्ला गरेको आरोपमा वीरेन्द्रनगर–३ तातापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङग बुढ्थापाले जानकारी दिए।

उनले भने, ‘घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको प्रहरी टोलीले आठ मोटरसाइकल र चार स्कुटरसहित २५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।’

प्रारम्भिक अनुसन्धान अनुसार उक्त समूहले सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेका कार्य गरेको पाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिकाको बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा स्थानीय जनताका समस्या र जनसरोकारका विषयमा विस्तृत छलफल गरिएको छ। बैठकमा पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने, स्थानीयस्तरमा संगठन विस्तार गर्ने तथा जनताका […]

  डोल्पा । जिल्ला डोल्पा, ठूलीभेरी नगरपालिका-०३, दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको छ। मिति २०८३।०७।१४ गते बिहान अं. ०६:०० बजे जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ६ जना कैदी र २ जना थुनुवा गरी जम्मा ८ जना कारागारबाट भागी फरार भएका थिए। फरार कैदी तथा थुनुवाहरूको खोजतलास गर्ने […]

  भैरहवा । लुम्बिनी प्रदेशमा सम्पन्न डीआईजीस्तरीय सुरक्षा बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले विशेष गरी खुला सीमानाकाबाट हुने लागूऔषध ओसारपसार, हातहतियार तस्करी, […]