१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

मोबाइलको लतबाट कसरी जोगाउने ?

Logo
ABC-Sanchar प्रकाशित आइतबार, माघ २५, २०८२

काठमाडौं । अहिले बालबालिका धेरै समय इलेक्ट्रोनिक मिडियामा बिताइरहेका छन् । ती मोबाइल, ट्याबलोइड, ल्यापटप, टिभीजस्ता जुनसुकै ग्याजेट हुन सक्छन् । टेलिभिजनभन्दा पनि धेरैजसो इन्टरनेट, फोन र गेमहरूमा घण्टौं समय बिताइरहेका देखिन्छन् । यसले उनीहरूको दिनचर्यामा गर्नुपर्ने कुनै पनि काम नगर्ने गम्भीर अवस्था सिर्जना हुँदै गएको छ ।

यसले अन्तक्र्रिया पनि मार्दै गएको छ । सामान्य मान्छेसँग घुलमिल हुने, अन्तक्र्रिया गर्ने स्वभाव बालबालिकामा व्यापक रूपमा कमी आउँदै जान थालेको छ । बालबालिकाको उमेर भनेको सिक्दै जाने उमेर हो । १० वर्षको एउटा बालकले दिनमा १० घण्टा इन्टरनेट हेरेर बसेपछि उसले अरू मानिससँग कसरी व्यवहार गर्ने ? कसरी कुरा गर्ने ? आफूले चाहेको कुरा कसरी अघि बढाउने ? भन्ने कुरामा निकै समस्या पर्न थाल्छ ।

आफूसँग भएको समयजति इलेक्ट्रोनिक माध्यममा बिताएपछि पढाइ, लेखाइका साथै ज्ञानवद्र्धक कुरा आर्जन गर्ने कुरामा ऊ पछि पर्दै जान्छ । फेरि इन्टरनेट गेम, ग्याजेटहरू बनाउँदा कसरी मान्छेहरूलाई यसमा इन्गेज गराउने लत लगाउने भन्ने कुराहरू मिहिन रूपमा हेरेर बनाइएको हुन्छ । मुख्यतया गेमहरूको डिजाइन नै मान्छेलाई त्यसमा चुम्बक जसरी टाँस्ने गरी बनाइएको हुन्छ । पब्जीको लतले बालबालिकालाई कतिसम्म प्रभावित पारेको थियो भन्ने घटनाक्रमहरूले देखाइरहेकै छन् । अहिले इन्टरनेटमा सबै मानिसले आफूले चाहेको चिज पाउँछ र त्यसमा लत बनाउन सक्छ । जसले गर्दा एउटै चिजमा फोकस हुने, एउटै कुरामा दिमाग गइरहन्छ । ग्याजेट र इन्टरनेटले स्वास्थ्यमा पार्ने असरलाई ध्यान दिँदै विश्व स्वास्थ्य संगठनले इन्टरनेट एडिक्सन, इलेक्ट्रोनिक एडिक्सनलाई रोग नै भनेको छ ।

समयभन्दा बढी प्रयोग गर्ने र आफूलाई हानि पुर्‍यायो, अब रोक्नुपर्‍यो भन्दा पनि रोक्न नसक्ने परिस्थिति सिर्जना भएको पाइन्छ । अहिलेका बच्चाहरू रातभर भिडियो गेम खेल्छन्, बिहान स्कुल जान सक्दैनन् । ती बालकलाई पनि थाहा छ, मैले यति धेरै गेम खेलें भने भोलि स्कुल जान सक्दिनँ । तर, उसले त्यो चाहेर पनि रोक्न सक्दैन, आफ्नो मनलाई गेमबाट अलग गर्न सक्दैन, जसले उसको दिनचर्या, उसले गर्ने काम, साथीभाइसँग गर्ने व्यवहार, घरपरिवारसँग गर्ने व्यवहारमा बदलाव आउन थाल्छ । इन्टरनेट र इलेक्ट्रोनिक्स डिभाइसका प्रभावबाट यस्तो बदलाव देखिनुलाई ‘इन्टरनेट/इलेक्ट्रोनिक एडिक्सन’ भनिन्छ ।

यसमा दुईवटा कुरा बुझ्न जरुरी छ । पहिलो कुरा, कति समय कति प्रयोग गर्छन्, अर्को कुन वेबसाइटमा गएको छ, कस्तो कुरा सिकेको वा सिकिरहेको छ । उसले सोसल मिडियामा कस्तो खालको तस्बिर अपलोड गरेको छ, त्यसले हालेको तस्बिरले अरूलाई कतिको हानि पुर्‍याएको छ भन्ने कुरा बुझ्नुपर्छ । मकहाँ केही समय पहिले एउटा केस आएको थियो, जहाँ एउटा केटाले अर्की केटीको फोटो बिगारेर सामाजिक सञ्जालमा हालिदियो, त्यो केटीले सुसाइड गरिन् । अनि, त्यो केटीको फोटो फेसबुकमा अपलोड गर्ने बच्चालाई पनि थाहा छैन कि मैले यो काम गरेर अर्कोलाई यस्तो हानि पुगिरहेको छ भन्ने । उसले मजाक सोच्यो, तर त्यसका कारण कसैको जिन्दगी नै सकियो ।

बालबालिकालाई शान्त पार्ने सजिलो बाटोका रूपमा इन्टरनेट र स्मार्टफोनमा बानी पार्ने कुरा एकदमै घातक छ । इन्टरनेट र स्मार्टफोनहरू अहिलेको समयमा लतका रूपमा देखिन थालेका छन् । एडिक्सन हुनेबित्तिकै बालबालिकाहरूले आफ्ना अन्य कामहरू छाड्न थाल्छन् । मानसिक रोगजस्तै भएकाले यसले आफ्नो क्रियाशीलता पनि घटाउँदै जान्छ । पढ्न, सामाजिक अन्तक्रिया गर्न छाड्छ, जसले उसको वृद्धि विकासमा त असर गर्छ नै, सामाजिक विकासलाई पनि प्रभावित पार्न थाल्छ । यही कारण धेरै बालबालिका एन्जाइटी, डिप्रेसनजस्ता समस्याहरू देखिन थाल्छन् । सिर्जनशीलता मर्छ ।

अहिले धेरैजसो अभिभावक आफ्नो बच्चाले धेरै इन्टरनेट चलाउने गरेको गुनासो लिएर अस्पताल आइरहेका पाइन्छन् । कतिपय स्कुल जान मान्दैन् भनेर गुनासो बोकेर आउँछन् । त्यस्ता बच्चाहरूमा बढी–बढी एन्जाइटी पाइन्छ । इन्टरनेट र इलेक्ट्रोनिक्स डिभाइसमा अधिकांश समय बिताउनेहरूमा डराउने, आत्तिने, तनाव हुने समस्या हुन्छ । अनौठो त के भने त्यस्ता इन्टरनेटको एडिक्सन भएकाहरूलाई इन्टरनेट हेरेपछि तनाव हट्ने हुन्छ । उनीहरू मान्छेसँग पनि अन्तक्र्रिया गर्दैनन् । त्यसले त झनै एक्लोपन, आत्तिने, डराउनेपन समस्या बढाउँदै लैजान्छ । किनभने, उसले अधिकांश समय इन्टरनेटमा बिताउने भएकाले बाहिर घुलमिल हुने र सिक्ने मौका पाएन । तर, इन्टरनेटबाट भने उसले रिलिफ हुने बानी पर्दै जान्छ । गर्दागर्दर्ै उसलाई लत बस्न थाल्छ ।

इन्टरनेटका लतीहरू सधैं रिसाउँछ, झगडा गरिरहने स्वभाव देखाउन थाल्छन् । बाबुआमा पनि झगडा गर्नुभन्दा उसलाई इन्टरनेट चलाउन दिने भए । त्यसैले इलेक्ट्रोनिक एडिक्सन हुनुमा एक त बच्चाको समस्या देखिन्छ, अर्को आमाबाबुको समस्या पनि हो ।

इन्टरनेट तथा इलेक्ट्रोनिक्स ग्याजेटको बालबालिकामा नियन्त्रित प्रयोग गर्न दिनुपर्छ । स्कुल जाने बच्चालाई दिनमा एक घण्टा, छुट्टीको दिनमा २ घण्टा चलाउन इन्टरनेट तथा इलेक्टोनिक्स डिभाइसमा भुल्न दिन सकिन्छ । तर, त्योभन्दा बढी उसलाई त्यसको एडिक्ट बनाउँछ । यसमा अभिभावकको भूमिका मुख्य हुन्छ । अभिभावकहरू छोराछोरीलाई यो कुराले असर पुर्‍याउँछ भन्ने थाहा हुँदाहुँदै पनि नगर भन्न सक्दैनन् । चिकित्सकका कहाँ पुगेर तपाईंले भनिदिनुपर्छ भन्छन् । आज आफ्ना केटाकेटीले इलेक्ट्रोनिक्स डिभाइस र इन्टरनेट चलाउन रोक्न नसक्ने अभिभावकले भोलि कसैलाई छुरी हान्न लाग्दा भन्न सक्दिन भनेर हुुन्छ ? बालबालिकालाई के ठीक हो, के बेठीक हो भन्ने सिकाउने कर्तव्य आमाबुवाको होइन ? सुरुमै आमाबुवाले यो कुरा गहन तरिकाले बुझ्नुपर्छ ।

इन्टरनेट भनेको रमाइलो चीज हो, न नदिएर बच्चाको ज्यान जाँदैन । पढ्न, लेख्न, खेल्न, खानपिन र लत्ताकपडा दिनुपर्छ । त्यसबाहेक अरू सबै रमाइला कुरा हुन्, यी कुरा सित्तैंमा दिनु हुन्न । स्कुलबाट आउनेबित्तिकै एकछिन खेल्न दिने, एक दुई घण्टा होमवर्क गर्न लगाउने र पढ्न लगाउने त्यसपछि एक घण्टा दिन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

error: Content is protected !!