२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

लिभिङ टुगेदरः लफडै लफडा किन ?

Logo
ABC-Sanchar प्रकाशित आइतबार, माघ २५, २०८२

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको केही दिनको मधुरतापछि उनीहरूबीच खटपट उत्पन्न हुन थाल्छ । १८ मंसिरमा सन्ध्याले साजनविरुद्ध महानगरीय प्रहरी परिसर, महिला तथा बालबालिका सेल कालिमाटीमा बलात्कारको उजुरी दिन्छिन् ।

६ महिनाअघि काठमाडौंको पेप्सीकोलास्थित एक क्याफेमा भेट भएपछि काठमाडौंका २० वर्षीय रमेश तथा २८ वर्षीया रमिलाबीच प्रेम अङ्कुराउँछ । दुवै जना सँगै घुम्न निस्कने, ड्रिंक्स गर्ने हुँदै लिभिङ टुगेदरमा रमाउन थाल्छन् । रमेशले साथीहरूको कोठामा त कहिले आफ्नै कोठामा तीन–चार दिन रमिला सँगै बस्ने गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् । रमिलाले विवाहका लागि आग्रह गरेपछि रमेशले विदेश जाने र फर्किएपछि विवाह गर्ने अडान व्यक्त गरे । प्रेमीसँग विवाद बढेपछि ११ जेठमा रमिलाले प्रहरीमा बलात्कारको उजुरी दर्ता गरिन् । ‘गेस्ट हाउसमा राखी धाक–धम्की दिई मलाई राति पटक–पटक जबरजस्ती करणी गरी कुटपिट समेत गरेको हुँदा कानुनबमोजिम कारवाही गरिपाऊँ,’ आफ्नै प्रेमीविरुद्ध प्रहरीमा दिइएको उजुरीमा रमिलाले भनेकी छिन् । प्रेमिकाले नै बलात्कारको मुद्धा हालेपछि विदेश जाने तयारीमा रहेका रमेश अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मकवानपुरका ३० वर्षीय श्यामबहादुरका लागि ‘लिभिङ टुगेदर’ गलपासो बन्न पुग्यो । लिभिङ टुगेदर पार्टनर ३० वर्षीया दीक्षाले जबरजस्ती बलात्कार गरेको उजुरी प्रहरीमा दिएपछि उनी अहिले पुर्पक्षका लागि जेलमा छन् । उमेर छँदै विवाह नगरेका श्यामबहादुर दुई वर्षअघि आफू बसिरहेकै घरमा डेरा गरी बस्ने दीक्षासँग नजिकिए, श्रीमान् दुर्घटनामा बितेपछि दुई सन्तान हुर्काइरहेकी दीक्षा पनि पग्लिइन् ।

उनीहरू मन मिलुन्जेल शारीरिक सम्बन्धमा रमाए । पछि दीक्षाले विवाह गरेर आफूलाई वैधानिक पत्नी बनाउन र आफ्ना सन्तानको जिम्मेवारी लिन आग्रह गरिन् । यता श्यामबहादुर त्यसका लागि तयार भएनन् । यता दीक्षा १६ चैतमा आफूलाई २३ फागुनको राति बलात्कार गरेको उजुरी बोकेर प्रहरीकहाँ पुगिन् । अझ रोचक त के भने अपाङ्गता भएकी दीक्षा महानगरीय प्रहरी परिसर टेकुमा आफ्नै उजुरीका कारण हिरासतमा रहेका श्यामबहादुरका लागि खाना लिएर पुग्ने गरेकी थिइन् । विवाह गर्ने भए मुद्दा फिर्ता लिन्छु भन्दै दीक्षाले अहिले पनि श्यामबहादुरसँग ब्लाकमेलिङ गरिरहेको बताइन्छ ।

साजन, रमेश र श्यामबहादुर मात्र होइनन्, लिभिङ टुगेदर बसेर बलात्कारको मुद्दा खेपिरहेकाहरूका आधा दर्जनभन्दा बढी केस महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता छन् । ‘मिल्दा सुहागरात, नमिल्दा बलात्कार’को शैलीका यस्ता कतिपय घटनामा लिभिङ टुगेदर बस्दा बनेको शारीरिक सम्बन्धलाई आफ्नो माग पूरा गर्ने तथा कतिपय अवस्थामा विवाहका लागि ब्ल्याकमेलिङको अस्त्रका रूपमा प्रयोग गरिएको देखिन्छ । ‘लिभिङ टुगेदरमा बसेकी युवतीको माग पूरा नभएपछि युवकमाथि बलात्कारको उजुरी हालिएको अवस्था छ,’ महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापा भन्छन्, ‘धेरैजसो युवा त बलात्कारमै फसेका छन्, कतिपय जेलसमेत

गएका छन् ।’

काठमाडौं प्रहरी परिसरको मुद्दा शाखा समेत हेरिरहेका थापाका अनुसार केटालाई ‘ट्रयाप’मा पार्न वा आफूले मागेजति सम्पत्ति लिन रेप केस बनाइएको पाइन्छ । लिभिङ टुगेदरमा मनमुटाव उत्पन्न भएपछि वा विवाह गर्ने प्रस्ताव पार्टनरले अस्वीकार गरेपछि महिलाहरू बार्गेनिङ गर्ने गरी केस दर्ता गर्न आउने अनुभव थापाको छ । ‘एकैपटक बलात्कार भनेर उजुरी आउँदैन, पहिले विवाद भएको निवेदन आउँछ, त्यहाँ बार्गेनिङ चल्छ, यो दिइस् भने छोड्छु नत्र छोडदिनँ । यति प्रोपर्टी चाहिन्छ अथवा मसँग विवाह गर भनेर पनि ब्ल्याकमेलिङ हुन्छ,’ थापा भन्छन्, ‘मलाई वैधानिक श्रीमती बना भनेर प्रेसर दिन्छन्, युवकले नमानेपछि बलात्कारको मुद्दा लिएर आउँछन् ।’

लिभिङ टुगेदरलाई फेक बलात्कारको नाममा ब्लाकमेलिङको अस्त्र बनाइनुका पछाडि केटाले विवाह गर्न अस्वीकार गर्नु, एक–अर्काप्रति अविश्वास, मनमुटाव, विवाद तथा आर्थिक पक्ष मुख्य कारण देखिन्छन् । यद्यपि बन्द नेपाली समाज तथा पुरानो पुस्ताको मनोवैज्ञानिक पक्षले समेत यसको कारकका रूपमा काम गरेको विज्ञहरू बताउँछन् । युवतीसम्बन्धी काम गर्ने संस्था गल्र्स नट ब्राइड नेपालका संस्थापक महासचिव खेम कार्की लिभिङ टुगेदरमा ब्रेक हुनु र यसलाई बलात्कार बनाइनुका पछाडिको मुख्य मनोवैज्ञानिक कारण पुस्तान्तरणलाई मान्छन् । ‘यो मान्छेसँग बसियो भने समस्या हुन्छ भन्ने भएपछि छुट्टिन बलात्कारको मुद्दा हाल्ने वा ब्लाकमेलिङ गर्ने गरिएको पाइन्छ,’ कार्की भन्छन्, ‘यसका पछाडिको मुख्य मनोवैज्ञानिक कारण पुस्तान्तरण नै हो । नयाँ पुस्ताकाहरू लिभिङ टुगेदरमा बस्छन् तर अभिभावकहरूले त्यसैलाई अपराध मान्ने प्रवृतिका कारण मुद्दासम्म पुग्छन् ।’

मनोविद् करुणा कुँवरको बुझाइ पनि डा. कार्कीकै जस्तो छ । कुँवर सम्बन्धमा देखा पर्ने फरकपन, घरेलु हिंसा, सम्बन्धलाई लङ टर्म लाने विषयमा देखिने विवाद आदिजस्ता कारणले लिभिङ टुगेदरमा बसेका महिलाहरू बलात्कारको चार्ज लगाउने अवस्थामा पुग्ने कुरा बताउँछिन् । ‘लिभिङ टुगेदरमा एउटाले लङ टर्म सोच्ने र अर्कोले लङ टर्म नसोच्ने । कल्चरल एस्प्याक्टमा नेपालमा महिलाहरू लिभिङ टुगेदर बसेपछि विवाह गर्नुपर्छ, लङटर्म जानुपर्छ भन्ने सोच्छन्,’ कुँवर भन्छिन्, ‘तर पुरुषले त्यसमा डिनाइ गरिदिँदा चार्ज लगाउने ठाउँ सिर्जना हुन्छ ।’ कुँवरका अनुसार लिभिङ टुगेदर बस्दादेखि नै दुवै जनाबीच भोलिका लागि पूर्ण रूपमा तयारी नहुनु, प्रशस्त छलफल नचलाइनु, अरूले थाहा पाएर महिलालाई गाह्रो पर्ने अवस्था सिर्जना हुनु, महिलाको विवाहको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!