१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

बिरगंजमा छापा हान्न पुगेको सशस्त्र प्रहरीमाथि आक्रमण घटनामा संलग्न ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ २६, २०८२

पर्सा । वीरगञ्ज–१० आदर्शनगरमा सोमबार बिहान ट्रान्सपोर्टको गोदाममा छापा हान्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज–१० आदर्शनगरस्थित मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको सबिता ट्रेडर्स नामक गोदाममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा गएको टोलीले सोमबार बिहान छापा मारेको थियो ।

छापाका क्रममा भन्सार राजश्व छली गरी भित्र्याइएको करिब १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको साडी लगायतका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

गोदाममा खानतलासी गर्ने क्रममा स्थानीय ट्रान्सपोर्ट व्यवसायी र उनका कर्मचारीहरूको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । झडपका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुई वटा गाडीमा तोडफोड समेत भएको बताइएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार साँझसम्म तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार आदर्शनगरस्थित जय माँ दुर्गे ट्रान्सपोर्टमा कार्यरत प्रितम तिवारी, शिवचन्द साह र गुन्जन सर्राफलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  डोल्पा । जिल्ला डोल्पा, ठूलीभेरी नगरपालिका-०३, दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको छ। मिति २०८३।०७।१४ गते बिहान अं. ०६:०० बजे जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ६ जना कैदी र २ जना थुनुवा गरी जम्मा ८ जना कारागारबाट भागी फरार भएका थिए। फरार कैदी तथा थुनुवाहरूको खोजतलास गर्ने […]

  भैरहवा । लुम्बिनी प्रदेशमा सम्पन्न डीआईजीस्तरीय सुरक्षा बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले विशेष गरी खुला सीमानाकाबाट हुने लागूऔषध ओसारपसार, हातहतियार तस्करी, […]

  दाङ । *घोराही, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन चौधरीले एक परेवाको उद्धार गरेपछि उहाँको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा हुन थालेको छ। एउटा असहाय पक्षीको जीवन रक्षाका लागि देखाएको मानवीय संवेदनशीलतालाई धेरैले सकारात्मक रूपमा लिँदै प्रियासनको प्रशंसा गरेका छन्। पत्रकार गोविन्द खड्काले परेवाको उद्धारसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक […]