३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

चेक अनादर बाउन्समा हुने जेल र जरिवानाको कठोर सजाय के के छन् ??

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ २८, २०८२

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ ।

प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले गत बुधबार चेक अनादरमा सजाय मिनाहा हुने गरी गरिएको ऐनको संशोधन कार्यान्वयन नगर्न, नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ताद्वय राजकुमार सुवाल र सागर अधिकारीले दायर गरेको फरक–फरक रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले ०८२ वैशाख २३ गतेसम्म भएको कारोबारको हकमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न भनेको छ । सर्वोच्चले सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (४) बमोजिम उक्त अन्तरिम आदेश जारी गरेको हो ।

‘…भन्ने प्रावधान मिति ०८२/०१/२३ सम्म भएको कारोबारको हकमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु, नगराउनु भनी प्रत्यर्थीहरूको नाउँमा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन नियमावली, २०७२ को नियम १९ को उपनियम (४) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ,’ संवैधानिक इजलासद्वारा जारी अन्तरिम आदेशमा भनिएको छ । योसँगै गत वैशाख २३ गतेसम्म भएका कारोबारको हकमा संशोधनअघिकै व्यवस्था लागू हुने भएको छ ।

यसअघि विनिमेय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ को (क) मा ‘बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिलाई दिएको चेक पर्याप्त रकम नभएको कारणले नसाटिएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याज समेत भराइ तीन महिना कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था थियो । तर केपी ओली नेतृत्वकाे सरकारले केही नेपाल ऐनकाे संशाेधन अघि बढाउँदै संसद्मा प्रस्तुत गरेकाे थियाे । जसक्रममा पछिल्लो कडा सजायकाे प्रावधान नै हटाएर खुकुलो व्यवस्था राखिएको थियो ।

लगत्तै अधिवक्ताद्वय सुवाल र अधिकारी संशोधनविरुद्ध रिट निवेदन बाेकेर सर्वोच्च पुगेकोमा यसलाई संवैधानिक इजलासमा लगिएको थियो ।  ऐन संशोधनले विनिमेय अधिकार पत्र ऐन, २०३४ को दफा १०८ को ५ वर्षे हदम्याद सम्बन्धी कानूनी व्यवस्थालाई समेत संकुचित तुल्याउन सक्ने र संविधान प्रदत्त व्यक्तिको साम्पत्तिक र न्यायिक उपचारको मौलिक हकमाथि बन्देज गर्न  सक्ने भन्दै सर्वाेच्चले निवेदककाे मागबमाेजिम अन्तरिम आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!