३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

चितवनका एक इन्स्पेक्टर विरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता,पछी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ २८, २०८२

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो ।

आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ ।

३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । आफ्नो स्वस्थ्य ठिक नभएको भन्दै इन्कार गर्दा पनि जबरजस्ती रगताम्मे बनाएर करणी गरेको उल्लेख गरिएको छ ।

पहिलोपटक जबर्जस्ती गरेको विषयमा जाहेरी गर्न प्रहरीकहाँ जान्छु भन्दा कार्यालय आइज कुरा गर्नुछ भनेपछि कार्यालय इलाका प्रहरी कार्यालय खैरहनीको कार्यकक्षमा नै इन्स्पेक्टर महतले जबरजस्ती करणी गरी कुटपिट समेत गरेको ती महिलाको भनाइ छ ।

जाहेरीपछि आफूलाई महतका आफन्तबाट धम्की आइरहेको उनले गुनासो गरिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अधिकारीले भने यस विषयमा केही बोलेकन छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!