२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनाको अवधिमा बाँकेमा ६५३ वटा सवारी दुर्घटना,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २९, २०८२

बाँके । पश्चिम नेपालको केन्द्रविन्दु मानिने बाँके जिल्लामा सडक दुर्घटना बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को गत सात महिनाको अवधिमा जिल्लामा ६५३ वटा सवारी दुर्घटना भएको छ ।

ती दुर्घटनामा परेर ३१ जनाले ज्यान गुमाएको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले ६६ जना गम्भीर र एक हजार ३० जना सामान्य घाइते भएको बताए । उनले साउनदेखि माघ २५ गतेसम्म जिल्लाका विभिन्न स्थानमा कुल ६५३ वटा सवारी साधन दुर्घटनामा परेको जनाउँदै ती दुर्घटनामा परेर २१ जना पुरुष, ७ जना महिला र ३ जना बालक गरी ३१ जनाको मृत्यु भएको जानकारी दिए ।

यसैगरी, सो अवधीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या पनि धेरै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ३८५ सवारी साधनलाई कारबाही गरिएको छ । सो कारबाहीबाट एक करोड १६ लाख ३१ हजार ५०० रुपैयाँ जरिवाना सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख शाहीले बताए ।

प्रमुख शाहीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका ४१३ जना तथा तीव्र गतिमा सवारी साधन चलाएका ५६४ जनालाई सो अवधीमा कारबाही गरिएको छ ।

यसैबिच ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रामा ध्यान दिन दैनिकजसो जिल्लाका विभिन्न स्थानमा भेला गरेर अनुरोध गर्दै आएको छ । सो क्रममा ट्राफिक नियमको जानकारी गराउनुका साथै नियम उल्लङ्घन गरेमा हुने कारबाही र दुर्घटनाबाट हुने क्षतिका बारेमा पनि सचेत पार्ने कार्य गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]