३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

रोल्पामा निर्वाचन प्रहरीहरु कुटपिट घटनामा जिल्ला प्रहरी प्रमुख कारबाही विषय गुपचुप,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण ०२, २०८२

दाङ । रोल्पामा नेपाल प्रहरीले निर्वाचन प्रहरीमाथि कुटपिट गरेको घटना बाहिरिएको छ । माघ २६ मा सोमबार प्रहरी कर्मचारीहरूले १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट गरेको विषयले अहिले जिल्लामा तरंग सिर्जना गरेको हो । कुटपिट भएकामध्ये केहीलाई गम्भीर चोटपटक लागेको पनि खुलेको छ । १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पु¥याइएको स्रोतले बतायो ।

उक्त घटनालाई जिल्ला प्रहरी कार्यालयले गुपचुपमै राख्न खोजे पनि अहिले बाहिरिएको हो । अस्पतालस्रोतका अनुसार उनीहरू उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् । उपचारमा आएका कुटिएका निर्वाचन प्रहरीमध्ये धेरैजसोको ढाडमा र तीघ्रामा नीलडाम रहेको अस्पतालस्रोतले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार त्यो दिन बेलुका ६ बजेतिर रोल्पा नगरपालिका–४ लिबाङको सात तलेमा रहेको शहीद प्रतिष्ठानको भवनमा खाना खाएर बस्ने व्यवस्था गरिएको कभर्ड हलतिर निर्वाचन प्रहरी फर्किएका थिए ।

नेपाल प्रहरीका दुई जना जवान मोटरसाइकलमा फर्किएका थिए । उनीहरूले निर्वाचन प्रहरीको व्यवहारले अपमानित महसुस गरेर मेस सञ्चालन भएको ठाउँमै फर्किन लगाएको जनाईएको छ ।

त्यहाँ पुगेपछि ‘हाँस्ने को–को हो ?’ भन्दै निर्वाचन प्रहरीमाथि लाठीले कुटपिट भएको बताइएको छ । कुटिनेमा निर्वाचन प्रहरीको ४ नम्बर टोलीका १०४ जना रहेका छन् ।
त्यसरी कुटपिट भएपछि तत्कालै केही निर्वाचन प्रहरीले प्रतिवादसमेत गरेका थिए । जसमा जिल्ला प्रहरीका अधिकारीले कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्ने आश्वासन दिएपछि विषय गुपचुप भएको थियो । उक्त आश्वासन कार्यान्वयन नभएको आशंका देखिएपछि निर्वाचन प्रहरीहरूले नै घटना चुहाएका हुन् ।

अहिले जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले पनि घटना भएको स्वीकार गरेका छन् । ‘खाना खाएर फर्कने क्रममा बाटोमा अपशब्द प्रयोग गरेपछि निर्वाचन प्रहरीलाई अनुशासनमा बस्नुस् भनेर प्रशिक्षकहरूले अलि कडाइ गरिएको हो,’ उनले भने, ‘एक–दुई लाठी प्रयोग गर्दा केही गुनासो आएका होलान् ।’ उनले यो विषय धेरै ठुलो नभएको दाबी गरे ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले
पनि घटना स्वीकार गर्दै सुरक्षामा खटिने प्रहरी कर्मचारीले अनुशासनमा बस्नुपर्नेमा सतर्क गराएको आफूले जानकारी पाएको बताए ।
अहिले सामाजिक सञ्चालनमा यो घटनालाई कतिपयले मानव अधिकार उलंघनको घटनाका रूपमा पनि अथ्र्याइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!