१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

बाँके प्रशासनद्वारा धार्मिक सद्भाव र निर्वाचन शान्तिपूर्ण बनाउन ७ बुँदे निर्णय सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण १२, २०८२

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आसन्न फागु पूर्णिमा (होली) पर्व, रमजान महिना तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न ७ बुँदे निर्णय सार्वजनिक गरेको छ।

प्रशासनले मुस्लिम समुदायलाई रमजान महिनाको शुभकामना व्यक्त गर्दै हिन्दु समुदायले मनाउने होली पर्व पनि मर्यादित र व्यवस्थित रूपमा मनाउन आग्रह गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मौन अवधिको पालना गर्न तथा होली पर्वलाई घरपरिवारमै सीमित राख्न अनुरोध गरिएको छ।
निर्णयअनुसार चाडपर्वका नाममा ध्वनि प्रदूषण नगर्न, उच्छृङ्खल गतिविधि नगर्न र सामाजिक सद्भाव खल्बलिने कुनै पनि कार्य नगर्न सबै पक्षलाई सचेत गराइएको छ। साथै, विवाह तथा अन्य कार्यक्रम आयोजना गर्दा पनि ध्वनि प्रदूषण नगर्न प्रशासनले आग्रह गरेको छ।
प्रशासनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न, निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई सहयोग गर्न आह्वान गरेको छ।
जिल्लाको विशिष्टता र धार्मिक विविधतालाई ध्यानमा राख्दै सामाजिक सद्भाव कायम राख्न स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सहकार्य गर्न समेत अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरसहित जारी सूचनामा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबै नागरिकलाई सहयोग गर्न अपिल गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!