३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

ब्राजिल क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु,४५ जना बेपत्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण १२, २०८२

 

काठमाडौं । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य बेपत्ता हुनुका साथै ४०० भन्दा बढी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको सङ्ख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ ।

मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४५ जना बेपत्ता भएका छन् ।

जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र र वर्षालाई लिएर संकटकाल घोषणा गरेका छन् ।

आधिकारिक तथ्यांकका अनुसार यो महिना जुइज डे फोरामा सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!