सुर्खेत । कर्णालीमा चुनाव सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
कर्णाली प्रदेशमा निर्वाचन सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरी खटिएका छन् भने विमानस्थल र कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ।
प्रदेशमा १० लाख ३७ हजार २५० मतदाता, ९४१ मतदानस्थल र १,४३७ मतदान केन्द्र रहेका छन्।