१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, फाल्गुण १३, २०८२

बाँके । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ। केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो।

गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानकारी दिएकी हुन्।

वलीले उनको मृत्युले आफू मर्माहत भएको उल्लेख गरेकी छन्। आफूले कमलसँग गाएकामध्ये ‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले’ निकै लोकप्रिय बनेको समेत कोमलले स्मरण गरेकी छन्।

दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए।

उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन्। जसमध्ये ‘लाग्यो माया मोहनी नजरमा’, ‘पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन्। केही लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन्।

निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन्। करिब एक महिनाअघि उनकी पत्नीको समेत दुःखद निधन भएको थियो। निर्मोहीको बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!