११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

दाङको तुलसीपुर महोत्सवमा दशर्कको घुइँचो मंगलबार हेमन्त शर्मा आउने

Logo
प्रकाशित मंगलबार, माघ १४, २०७६

(सरद रेग्मी)
दाङ माघ १४ तुलसीपुर महोत्सवमा दिनानुदिन उत्साह थपिदै गएको छ । आयोजक तुलसीपुरलाइ महोत्सव व्यावस्थापन गर्न पनि आम सहभागिताले लिड गरीरहेको छ । त्यसैले त तुलसीपुर उद्योग वाणिज्य सघका सवै अधिकारी र पुर्वपधादिकारीहरु पनि महोत्सवलाइ भव्य र सभ्य बनाउन खटिइरहेका छन् ।
भाले लडाइमा दार्जिलिङबाट मात्र नभएर भारतबाट पनि भाले ल्याइएका छन् ।कम्तिमा दुइ दर्जन भालेहरुले फाइट गरेको परीदृश्य उत्साहजनक थियो । पशुपति शर्माको प्रस्तुतीले पनि महोत्सवलाइ धेरै उचाइ दिएको छ । कुस्ती प्रतियोगिता पनि महोत्सवको आकर्षण देखिएको छ ।
उदेश्य के लिनु, उडिछुन् चन्द्र एक, तर तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव लगाएर धेरै आशा गरेको होइन, विमानस्थलको स्तरोन्नती र निर्माणाधिन सभाहलको पुरा गर्नकालागी मात्रै हो । त्यसैले तुलसीपुरको विमानस्थलको स्तरोन्नती गर्नको लागि पर्यटन मन्त्रीलाइ प्रमुख अतिथि बनाइएको थियो । ‘विकाशका मुद्धा एउटा राजनितिक दलका मात्र हुन सक्दैन, आम नागरिकका साझा मुद्धा हुन, त्यसैले पनि यसलाइ सफल पार्न सवैको साथ र सहयोगको अपेक्षा गरेका छौं,’—तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले भने ।
कलाकारहरुको वेजोड प्रस्तुतीले महोत्सवलाइ भव्य र सभ्य बनाइरहेको छ ।‘गर्नुगर्यौ वालाराम भयस पालके’, कमल गाउंलेको पुरानो गीतको हिन्दी डविङमा दर्शक स्रोता मनोरञ्जन लिइरहेका थिए । किनकि हामी कहाँ हिन्दी गीतका पारखीहरुको संख्या पनि अधिक छ ।
राधिका हमालको झोर्लेहै, क्याम्पस पढ्न आउने, झकास’ लगायतका गीतमा पनि दर्शकहरुले नाँचे ।
उनको लाहुरे ठिटो, ढल्के जवानीमा धेरै युवाहरु लठ्ठिएका थिए । नेपाल आमाकी जय, कलाकारकी जय, टरीगाउँ विमानस्थलकी जय….। राष्ट्रिय कलाकार मौसमी रानाको नृत्यले पनि महोत्सवमा पुगेकाहरु रमाए । पछ्यौरी भाषाको गीत थियो उनको ।
फेरि अर्का कलाकार पशुपतिले पनि राष्ट्रिय भावनाले ओतप्रोत गीत पस्कदा मानिसहरु राष्ट्रियतामा डुवे । लैनो भंैसी पाल्छु, मलाई अमेरीका यै, जापान पनि यै’ बोलका गीतहरु उनले गाँउदा मानिसहरु मन्त्रमुग्ध भएर सुनेका थिए । गायिका मौसमी राना, सिर्जना खत्री, उमादेवी खनाल लगाएतले पनि दर्शकको मन जित्न भरपुर प्रयास गरे ।
विकाशमा साझेदारी आवश्यक ः डिल्लीबहादुर चौधरी
प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीवहादुर चौधरीले विकाशका लागि हुने सामाजिक कार्यहरुमा नेपाली कांग्रेसको पुरै समर्थन हुने बताएका छन् । प्रमुख अतिथि चौधरीले स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्न सबै जुट्नुपर्ने तर्क गरे । तुलसीपुर महोत्सवमा मंगलवार गायक हेमन्त शर्मा, पुजा पुरी, गोपाल नेपाल जिएम, सरु बोहोरा लगायतको प्रस्तुती रहने महोत्सव आयोजकहरुले जानकारी दिएका छन् ।


कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् । गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ । केही सेकेन्डको भिडियो हिजो राति […]

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

error: Content is protected !!