१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

जेनजी आन्दोलनमा हतियार र प्रहरी कार्यालय जोगाउने ६ जना डीएसपी पुरस्कार सिफारिस,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र ११, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबीच प्रहरी कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई पुरस्कार सिफारिस गरिएको छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कारका लागि सिफारिस गरेको हो।

आयोगको प्रतिवेदनअनुसार सिफारिस गरिएका डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका मधु थापा, मालिगाउँ वृत्तका सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका कृष्णकुमार चन्द र प्रहरी वृत्त ठिमीका नवराज ढुंगाना रहेका छन्।यस्तै केही प्रहरी कर्मचारीलाई पनि कारबाही सिफारिस गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]