२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

मोटरसाईकल दुर्घटना हुँदा सल्यानका एक शिक्षकको मृत्यु

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

(सागर थापा)
सल्यान माघ १४ मोटरसाईकल दुर्घटनामा परि मंगलवार सल्यानमा एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नं. १ रानिपानी घर भएका अन्दाजी ४३ वर्षीय शिक्षक टेकबहादुर केसीको दुर्घटनामा परि मृत्यु भएको छ ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित कल्लेखोलामा शिक्षक केसी सवार रा ३ प ७००० नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । शिक्षक केसीको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यालने जानकारी दिएको छ ।
केसी नेपाल राष्ट्रिय माध्यामिक बिधालय दार्मा सल्यानका शिक्षक हुन भने नेपाल शिक्षक संघ दार्मा गाउँपालिकाका अध्यक्ष पनि हुन । दाङको तुलसीपुर आउन भनी हिडेका केसी बेलुका ४ बजेतिर दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]