१४ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

प्रहरीभित्रको सूचना पत्रकारसम्म चुहिएको भन्दै झापा जिल्लाका एसपी खड्काको ध्यानाकर्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १३, २०८२

काठमाडौं । नेपाल प्रहरीभित्रको आन्तरिक सूचना पत्रकारसम्म चुहिएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले त्यस बारेमा ध्यानाकर्षण गराएकी छिन् । झापा प्रहरीका हरेक गतिविधिका सूचना चुहिएर पत्रकारकहाँ पुग्ने गरेको भन्दै त्यसतर्फ एसपी खड्काले मातहतका प्रहरी कर्मचारीहरूलाई ध्यानाकर्षण गराउँदै सजग गराएकी प्रहरी स्रोतको दाबी छ।

केही दिनदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठको विषयमा आइरहेको समाचारप्रति झापा प्रहरी गम्भीर हुँदै त्यस बारेमा एसपी खड्काले छलफल गरेकी थिइन् । एसपी खड्काले मातहतका प्रहरी अधिकृतहरुसंग त्यस विषयमा छलफल गरेको प्रहरी स्रोतले जनाएको छ ।

डीएसपी श्रेष्ठले बिर्तामोडका होटेल र डान्सबारहरुबाट रकम असुल्ने गरेको र केही व्यक्तिहरूलाई हिरासतभित्रै यातना दिएको विषयमा गम्भीर छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीभित्रको आन्तरिक सूचना पत्रकारसम्म चुहिएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले त्यस बारेमा ध्यानाकर्षण गराएकी छिन् । झापा प्रहरीका हरेक गतिविधिका सूचना चुहिएर पत्रकारकहाँ पुग्ने गरेको भन्दै त्यसतर्फ एसपी खड्काले मातहतका प्रहरी कर्मचारीहरूलाई ध्यानाकर्षण गराउँदै सजग गराएकी प्रहरी स्रोतको दाबी छ। केही दिनदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठको […]

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

error: Content is protected !!