२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

ओली लेखकलाई पक्राउ गर्न प्रधानमन्त्रीको लिखित आदेश माग,ओलीको निवासमा प्रहरी तैनाथ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र १४, २०८२

 

काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गर्न प्रधानमन्त्रीको लिखित आदेश माग गरेको छ। गृहमन्त्री सुधन गुरुङले ओलीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले लिखित आदेश माग गरेको हो ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भदौ २३ र २४ गतेको जेनजी घटनामा दोषी ठहर गर्दै मुलुकी अपराध संहिताको ज्यान सम्बन्धी अपराधमा कारवाही गर्न पक्राउ गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

ओलीको निवास गुण्डुमा प्रहरी निगरानी बढाइएको छ। प्रहरीले लिखित आदेश प्राप्त नभएसम्म पक्राउ प्रक्रिया अघि नबढाउने अडान लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

दाङ । सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम स्वच्छाचारी मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार हो । यसले मुलुकलाई स्वतन्त्र पत्रकारिताबाट वञ्चित गर्दै […]

error: Content is protected !!