०५ बैशाख २०८१, बुधबार
17-04-2024 , Wed
×

नेपालमा लागूऔषध प्रयोगकर्ताहरु २ लाख तथ्यांक IGP:खनाल

Logo
प्रकाशित बुधबार, माघ २२, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके माघ २२ नेपालगञ्ज लागुऔषध प्रयोग रोकथाम र नियन्त्रणका लागि कानूनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्र र प्रहरी बिधि विज्ञान प्रयोगशाला अर्थात् फोरन्सिक ल्यावको बुधवार नेपालगञ्जमा एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले एक उद्घाटन गरेका छन ।
प्रहरी महानिरिक्षक आइजिपी खनालले नेपालगन्जमा स्थापना भएको लागु औषध परामर्श केन्द्रले लागु औषध ओसार पसार र दुब्र्यसन न्यूनिकरण गर्नका लागि सहज हुने बताउदै यसलाई स्थानीय सरकारले अपनत्व लिनु पर्ने बताए ।
लागु पदार्थकै कारण समाजमा घट्ने घट्नाहरुलाई सहयोय पुरयाएको भन्दै आइजिपी खनालले मातहतका सबै निकायहरुलाई अबदेखि सक्रिय भएर लाग्न निर्देशन समेत दिए ।
सो अवसरमा तत्कालिन अञ्चल प्रहरी कार्यालयको नाममा रहेको जमिनलाई आवश्यक प्रकृया पुरा गरी एक हप्ताको समयमा नेपालगञ्ज उपमहानगरको करिव १० लाख रुपैयामा पुनस्थापना केन्द्र मर्मत तथा निर्माण गरी सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्वको खुलेरै प्रशंसा समेत गरे ।
कार्यक्रममा बोल्दै वरिष्ठ प्रहरी उपरिक्षक एसएसपी वसन्तकुमार लामाले नेपालमा मात्र २ लाखको हाराहारीमा लागु औषध सेवनकर्ता रहेको तत्थ्यांक सार्वजनिक गर्दै यो अवस्था भयाभह रहेको जानकारी दिए । उनले ९५ प्रतिशत लागुपदार्थ सेवन र कारोवारमा फर्किने गरेको दाबी गरे ।
नेपालगञ्ज उपमहानगरपालिका मेयर डा.धबल शम्सेर राणाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एसपी बिरबहादुर ओलीले लागुऔषधको वसारपसार तथा दुव्यसनी पछिल्लो पाँच वर्ष यताको तथ्याङ्क हेर्दा अत्यन्तै भयावह अवस्था भएकोले पनि परामर्श केन्द्र आवश्यक रहेको औल्याए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले लागु औषध परामर्श केन्द्रको स्थापना र प्रहरी बिधि बिज्ञान प्रयोगशालाको स्थापना भएकोमा खुशी ब्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको ल्याबले लागुऔषध दुव्र्यसनी तथा कारोबारीलाई सुधारात्मक, उपचारात्मक र दण्डात्मक पद्धतीद्वारा मनोसामाजिक विमर्शका साथै कानूनी उपचारको परामर्श दिनेछ ।
प्रहरी अनुसंन्धानलाई सहज बनाउन बिधि विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । प्रहरीको आन्तरिक स्रोतसाधन र नेपालगञ्ज उपमहानगरपालिकाको करीब १० लाखको लागतमा केन्द्र सञ्चालनमा आएको हो ।
यस्तै नेपाल प्रहरीको आफ्नै स्रोत साधनबाट प्रयोगशाला निर्माण गरिएको हो । केन्द्र सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक डिएसपीको अध्यक्ष रहने गरी ७ सदस्यीय सञ्चालक समिति समेत गठन गरिएको छ । प्रयोगशाला निर्माणको लागि नेपाल सरकारको २ करोड ८२ लाख ३१ ह्जार ६ सय ७० रुपैया ४७ पैसा बढीको लागतमा निर्माण गरिएको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले जानकारी दिनुभएको छ ।


कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको […]

(एबिसि संचार )                                                                बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ […]

(एबिसि संचार )                                                                गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ […]