०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

नयाँ IGP नियुक्ति नहुँदै स्वागतको तयारी ज्ञेवाली र लम्साल IGP को दाबेदार

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

  1. सागर थापा (क्राईमबिट) काठमाडौं माघ २३ सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्ति नगर्दै प्रहरी प्रधान कार्यालयले स्वागतका लागि मातहतका निकायलाई ६ दिनअघि नै पत्राचार गरेको छ। ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश पाउनुभन्दा ६ दिनअघि बिहीबार नै प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई पत्राचार गरेर स्वागतका लागि उपस्थित हुन निर्देशन दिएको छ
    प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी शैलेश थापाले हस्ताक्षर गरेको पत्रमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका तीनवटै जिल्लाका प्रहरी प्रमुख तथा ड्युटीमा रहेबाहेकका सिनियर अधिकृतलाई अनिवार्य रुपमा १ नं. पोसाकमा उपस्थित हुन भनिएको छ, समय भने तोकिएको छैन। निर्देशनमा नवनियुक्त आइजिपीले केके कार्य गर्ने भनेर कार्यतालिकासमेत पठाइएको छ।
    माघ २९ गतेबाट प्रहरी आइजिपी खनालसहित उनका सबै ब्याचीले एकसाथ अवकाश पाउँदैछन्। उनीहरुलाई प्रहरी प्रधान कार्यालयले २८ माघमा बिदाइको तयारी गरेको छ।
    पत्रमा नयाँ आइजिपी को हुने भन्ने उल्लेख भने छैन। नयाँ आइजिपीका लागि दुईजना मात्रै दाबेदार छन्। डिआइजी ठाकुर ज्ञवाली र डिआइजी तारणी लम्साल आइजिपीका प्रमुख दाबेदार हुन्। उनीहरुमध्ये जो आइजिपी भए पनि अहिलेको प्रावधानअनुसार पाँच महिनामै नपाल प्रहरीले अर्को नयाँ आइजिपी पाउनेछ। उमेर हदका कारण ज्ञवाली र लम्सालले असार २४ गते अवकाश पाउनेछन्। ज्ञवाली र लम्सालसँगै डिआइजी सूर्य उपाध्यायले पनि अवकाश पाउनेछन्।
    माघ २९ गते प्रहरी आइजिपी सर्वेन्द्र खनालसहित उनका सबै ब्याचीले एकसाथ अवकाश पाउँदैछन्। उनीहरुलाई प्रहरी प्रधान कार्यालयले माघ २८ मा बिदाइको तयारी गरेको छ।
    डिआइजी ज्ञवाली दुई दिनअघि काठमाडौं आएका थिए। उनले गृहमन्त्री रामबहादुर थापासँग बुधबार भेटघाट गरेका थिए। शुक्रबार विराटनगर फर्कने तयारीमा रहेका उनी सोमबार फेरि काठमाडौं आउनेछन्। गृह मन्त्रालयस्रोतका अनुसार मन्त्रिपरिषद्को आगामी बैठकले आइजिपीबारे निर्णय गर्नेछ। ‘अहिले सामान्य छलफल भएको छ। आउँदो मन्त्रिपरिषद् बैठकमा आइजिपीबारे निर्णय हुनेछ’, गृह मन्त्रालय स्रोतले भन्यो। गृहमा नयाँ सचिव महेश्वर न्यौपाने आएपछि बधाई दिने निहुँले मन्त्रालय पुगेका डिआइजी ज्ञवालीले मन्त्रीलाई पनि भेटेका थिए। गृहसचिव न्यौपाने अख्तियारको सचिव हुँदा ज्ञवाली पनि अख्तियारमै थिए। उनीहरुबीच सम्बन्ध राम्रो रहेको स्रोतले जनाएको छ। सरकारले पनि पाँच महिनाका लागि प्रहरी नियमावली नचलाउने मनस्थिति बनाएर वर्तमान आइजिपी खनाललाई बिदा गर्ने र ज्ञवालीका ब्याचीमध्येबाट आइजिपी नियुक्त गर्ने तयारी गरेको हो। ज्ञवाली ओली सरकारको निकट मानिन्छन्।
    नेपाल प्रहरीका तीनजना एआइजी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले पनि खनालसँगै अवकाश पाउनेछन्। उनीहरु २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। ९०औं ब्याचका उनीहरु ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउन लागेका हुन्।
    के छ प्रहरी नियमालीमा
    प्रहरी नियमावलीअनुसार आइजिपी नियुक्ति गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मानिन्छ। प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मध्येबाट गर्ने उल्लेख छ। एआइजी नियुक्ति नभएको अवस्थामा आइजिपी नियुक्ति डिआइजीबाटै समेत गर्न सकिन्छ। डिआइजीबाटै आइजीपी नियुक्त गर्नुपरे कायम रहेका डिआइजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाइ प्रोत्साहन तथा परिचालन गर्नसक्ने सामथ्र्य भएको हुनुपर्ने उल्लेख छ। सरकारले संघीय प्रहरी ऐन नल्याएको र प्रहरी नियमावली २०७१ संशोधन नगरेको अवस्थामा उल्लिखित प्रावधानअनुसार नै भावी आइजिपीको नियुक्ति हुनेछ।
    प्रतिस्पर्धाको शृंखला
    आइजिपीको वैकल्पिक उम्मेदवारका रूपमा ठाकुरप्रसाद ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय थिए। उपाध्याय बढुवामा ज्ञवाली र लम्सालभन्दा पछाडि रहेका कारण प्रतिस्पर्धामा छैनन्। उपाध्याय पछिल्लो ९१औं ब्याचका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा वरीयतामा पछि छन्। ज्ञवाली र लम्सालमध्ये जो आइजिपी भए पनि पाँच महिनाका लागि मात्रै हुने भएकाले थापाका ब्याचीहरु र त्यसको वैकल्पिक समूहका विश्वराज पोेखरेल अहिले एआइजी हुन दौडधुप गरिरहेका छन्।
    ज्ञवाली र लम्साल जो आइजिपी भए पनि २४ असार २०७७ मा अवकाश पाएपछि आइजिपीमा २०४९ वैशाख १९ गते भर्ना भएको टोली थापा, पाल, शाही, कार्कीसँगै २०४९ चैत ११ गते भर्ना भएको टोलीका विश्वराज पोखरेलको पनि दाबी रहनेछ। हालका एसएसपी पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देवबहादुर बोहोरा र वसन्तकुमार पन्त पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि एसएसपीमा बढुवा हुँदा पोखरेल नै वरिष्ठ भए। त्यसपछि उनी आफ्नो भन्दा पनि अघिल्लो ब्याचबाटै सिनियर हुँदै आएका छन् जसका कारण उनी भावी आइजिपीका लागि स्वाभाविक दाबेदार हुन्। २०७४ साउन १९ गते पोखरेलपछि प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की र उनका ब्याची धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा र दिवेश लोहनी बढुवा भएका थिए। पोखरेल, सिंह, सुवेदी, लामा र लोहनी २०४९ चैत ११ गते प्रहरी संगठनमा प्रवेश गरेका हुन्। अहिलेकै अवस्था हेर्ने हो ज्ञवाली र लम्सालको अवकाशसँगै शैलेश थापाको ब्याचमै आइजिपीको दाबीमा पोखरेल पनि रहेका छन्।
    तर थापाका ब्याचीमध्ये एक आइजिपी भए पोखरेलकै समकक्षीहरु पनि प्रतिस्पर्धी हुनेछन्। प्रहरी नियमावलीअनुसार २०७७ असार २५ गते मात्रै उनीहरूले अवकाश पाउनेछन्। ‘उनीहरूपछि २०७५ असोज २८ गते डिआइजीमा बढुवा भएको टोलीमध्येबाट एकले संगठन प्रमुख हुने अव

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]