०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

सशस्त्र प्रहरी एफिएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Logo
प्रकाशित मंगलबार, माघ २८, २०७६

सिमा गुरुङ
भैरहवा माघ २८ जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित  मेउिडहावाबाट  सोमबार एपीएफ टोलीले करीव एक लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
युपी ५५ भी ४९१९ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

error: Content is protected !!