२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न,

Logo
तुलबहादुर कवँर मगर प्रकाशित बुधबार, आषाढ १७, २०८३

दाङ । मसुरिया, राप्ती गाउँपालिकामा मगर भाषा संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा मातृभाषाप्रति जागरण ल्याउने उद्देश्यले सञ्चालन गरिएको १० दिने मगर भाषा प्रशिक्षण बुधबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका–८ पिपरीमा नेपाल मगर संघ राप्ती गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रशिक्षण समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भाषा, कला र संस्कृति समुदायको पहिचान तथा अस्तित्वको आधार भएकाले मातृभाषा संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई मातृभाषासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै गाउँपालिका भाषा तथा संस्कृतिको संरक्षणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

“मगर भाषा हाम्रो पहिचान, मगर लिपि हाम्रो गरिमा” भन्ने नारासहित सञ्चालन गरिएको प्रशिक्षणमा २७ जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई मगर भाषाको आधारभूत ज्ञान, लिपि, लेखन तथा बोलचाल सम्बन्धी सीप प्रदान गरिएको थियो।

नेपाल मगर संघ राप्ती गाउँपालिकाका अध्यक्ष हिरा बहादुर झाक्री मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणको सहजीकरण मगर लेखक संघ केन्द्रीय भाषिक उपाध्यक्ष इराधा झाक्री मगरले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]