१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आषाढ १७, २०८३

काठमाडौं । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो ।

प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेपछि भाडा दर बुधबारबाटै लागु हुनेगरि समायोजन गरिएको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको छ ।

नयाँ कायम गरिएको फ्यूल सरचार्ज अनुसार काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको छ । काठमाडौं–भरतपुर ६ हजार ८७५ मा झरेको छ भने काठमाडौं–विराटनगर ५ हजार ५ सय कायम भएको छ ।

त्यस्तै, नेपालगन्ज–भद्रपुर रुटमा फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ । यसअघि १५ हजार ७२५ रहेको थियो । साथै काठमाडौं–धनगढी रुटमा १० हजार १२० रुपैयाँ, काठमाडौं–सुर्खेत रुटमा ७ हजार ९१५ रुपैयाँ र काठमाडौं पोखरामा ३ हजार ६३५ रुपैयाँमा झरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]

  दाङ । घोराहीमा आयोजित एक कार्यक्रमका बीच संघले उनीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो। सम्मान ग्रहण गर्दै सांसदद्वयले दाङ जिल्लाको समग्र आर्थिक विकास, उद्योगी व्यवसायीका समस्या र निजी क्षेत्रको प्रवर्द्धनका लागि आफूले संसदमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्षले नवनिर्वाचित सांसदहरुलाई […]

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]