१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

नेपाल आयल निगमले व्यवसायीलाई मूल्य घट्ने सूचना चुहाउँदा बजारमा इन्धनको चरम अभाव,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आषाढ १७, २०८३

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य आउने र भाउ घट्ने पक्कापक्की भएपछि घाटाबाट बच्न व्यवसायीले अघिल्लो दिन (मंगलबार) आयल निगमबाट तेल नै उठाएनन् । यसअघि २०८२ चैतमा भने मूल्य बढ्ने सूचना निगमकै कर्मचारीले चुहाएर पम्पहरूलाई ठूलो परिमाणमा तेल बिक्री गरिएको थियो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी कटौती गरेपछि व्यवसायीले तेल नउठाउँदा बजारमा इन्धनको कृत्रिम अभाव सिर्जना भएको छ ।

मूल्य घट्ने सूचना चुहाएर बजारमा आपूर्ति रोकेको भन्दै उपभोक्ता अधिकारकर्मीले निगम व्यवस्थापन र व्यवसायीको चर्को आलोचना गरेका छन् ।

निगमले आज दिउँसोसम्ममा बजारमा इन्धन आपूर्ति सहज हुने दाबी गर्दै अनुगमन टोली परिचालन गरिएको जनाएको छ ।

१७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको महसुस गर्न नपाउँदै उपभोक्ताले बजारमा इन्धनको कृत्रिम अभाव झेल्नुपरेको छ । निगमले आज बुधबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेर उपभोक्तालाई राहत दिए पनि बजारमा भने त्यसको प्रतिकात्मक असर देखियो ।

बुधबार बिहानैदेखि सस्तोमा तेल हाल्न पम्प पुगेका उपभोक्ता ‘पेट्रोल र डिजेल छैन’ लेखिएको बोर्ड हेर्दै फर्कन बाध्य भए । कतिपय भने सरकारी पम्पमा घामपानी सहेर लामो लाइनमा बस्न बाध्य भए ।

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँ मूल्य घटाएको थियो । यो समायोजनसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल तथा मट्टीतेलको १ सय ९५ रुपैयाँ कायम भएको छ ।

तर, निजी पेट्रोल पम्प सञ्चालकहरूले धेरै मूल्य घटाएको भन्दै बिक्री वितरण बन्द गरे । बिहानदेखि काठमाडौं, ललितपुर र भक्तपुरका पेट्रोल पम्प बन्द थिए । यस्तै उपभोक्ताले वीरगञ्ज, पोखरा लगायत अन्य ठाउँमा पनि पम्प बन्द भएको गुनासो गरेका छन् ।

निजी बन्द भएपछि काठमाडौंमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पम्पमा उपभोक्ताको लामो लाइन लाग्यो । तर, मूल्य घटेको दिन पम्पहरू बन्द हुनुको कारण व्यवसायीको नाफामुखी प्रवृत्ति र निगम नेतृत्वको चरम व्यवस्थापकीय अक्षमता भएको भन्दै चर्को विरोध भइरहेको छ । online khabar

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]

  दाङ । घोराहीमा आयोजित एक कार्यक्रमका बीच संघले उनीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो। सम्मान ग्रहण गर्दै सांसदद्वयले दाङ जिल्लाको समग्र आर्थिक विकास, उद्योगी व्यवसायीका समस्या र निजी क्षेत्रको प्रवर्द्धनका लागि आफूले संसदमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्षले नवनिर्वाचित सांसदहरुलाई […]

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]