१८ आषाढ २०८३, बिहिबार
02-07-2026 , Thu
×

भेट संयोग हो, तर विदाइ जीवनको अनिवार्य सर्त ।

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १७, २०८३

दाङ । आज गंगा माध्यमिक विद्यालय, घोराही–२ रामपुरका माध्यमिक तह नेपाली विषयका शिक्षक रोशनी केसीलाई औपचारिक रूपमा विदाइ गर्दा मन असाध्यै भारी भयो ।

करिब सात महिना अघि हामी एउटै दिन यस विद्यालयमा सेवा प्रवेश गरेका थियौँ । छोटो समय भए पनि एउटै परिवारका सदस्यझैँ सँगै काम गर्ने, सिक्ने, हाँस्ने र विद्यालयका अनेकौँ सुख-दुःख बाँड्ने अवसर मिल्यो । त्यसैले आजको विदाइ केवल एउटा औपचारिक कार्यक्रम रहेन, मनका धेरै सम्झनाहरूलाई एकैचोटि झस्काउने क्षण बन्यो ।

उहाँ आज सम्भावनाको नयाँ खोजीमा नयाँ यात्रातर्फ अघि बढ्नुभएको छ । जीवनको बाटो यस्तै रहेछ । कहिले मिलनका फूलहरू फुलाउँछ, कहिले बिछोडका पीडाहरू पनि सुम्पिन्छ । तर असल मानिससँग बिताएका क्षणहरू कहिल्यै ओझेल पर्दैनन् । ती सम्झनाका रूपमा सधैँ मनमा जीवित रहिरहन्छन् ।

रोशनी म्याम, तपाईंको आगामी यात्रा सफल, सुरक्षित र उपलब्धिमय बनोस् । जहाँ रहनुहुन्छ, त्यहीँ आफ्नो ज्ञान, क्षमता र सरल व्यक्तित्वको उज्यालो फैलाइरहनुहोस् । तपाईंका सबै सपना साकार हुन् भन्ने हार्दिक शुभकामना ।

भेट संयोग थियो । विदाइ अनिवार्य सर्त बन्यो । तर सम्बन्ध दूरीले होइन, सम्झनाले बाँधिरहन्छ ।

हार्दिक शुभयात्रा । उज्ज्वल भविष्यको मंगलकामना ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सवारी साधनहरुमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा कालो स्टिकर हटाउने अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले प्रभावकारी रुपमा संचालन गरेको छ । सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधनमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा स्टिकर स्व-ईच्छाले हटाई ट्राफिक नियमको पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक सम्पूर्ण […]

दाङ । आज गंगा माध्यमिक विद्यालय, घोराही–२ रामपुरका माध्यमिक तह नेपाली विषयका शिक्षक रोशनी केसीलाई औपचारिक रूपमा विदाइ गर्दा मन असाध्यै भारी भयो । करिब सात महिना अघि हामी एउटै दिन यस विद्यालयमा सेवा प्रवेश गरेका थियौँ । छोटो समय भए पनि एउटै परिवारका सदस्यझैँ सँगै काम गर्ने, सिक्ने, हाँस्ने र विद्यालयका अनेकौँ सुख-दुःख बाँड्ने […]

दाङ । राप्ती गाउँपालिकाअन्तर्गत सञ्चालित राप्ती आधारभूत अस्पतालले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा ८१ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशका आधारभूत अस्पतालहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको छ। अस्पतालमा असार १५ गतेदेखि दुई दिनसम्म सञ्चालन गरिएको एमएसएस मूल्याङ्कनको नतिजा समीक्षा तथा आगामी कार्ययोजना निर्माण कार्यक्रममार्फत उक्त उपलब्धि सार्वजनिक गरिएको हो। कार्यक्रममा मूल्याङ्कनका सूचकहरूको समीक्षा गर्दै अस्पतालको […]

error: Content is protected !!