२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

बाँकेको मुख्य नाका जमुनाहा भन्सारमा कडाई पछी रुपईडीहा बजारको ब्यापार अहिले घट्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १८, २०८३

बाँके । नाकापारिको भारतीय सीमावर्ती बजार रुपईडिहा पुगेर दैनिक उपभोग्य लगायतका सामान खरिद गर्ने नेपाली उपभोक्ताको सङ्ख्या हाल आएर ह्वात्तै घटेको छ ।

बिहानदेखि साँझसम्म खरिदारीका लागि भारतीय बजार रुपईडिहा ओहोरदोहोर गर्नेहरू घटेपछि अहिले नेपालगञ्जको जमुनाहा नाकालगायत यहाँका सहायक नाकाहरू सुनसानजस्तै देखिन थालेका छन् । सरकारले भारतबाट ५०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेपछि दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जानेको सङ्ख्या उल्लेख्यरूपमा घटेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष टङ्क धामीले १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने पहिलेको नियमको देशव्यापी विरोध भएपछि संशोधन गरी ५०० रुपैयाँ पु¥याइएको स्मरण गराए । सोही नियमका कारण अहिले उपभोग्य सामान खरिदका लागि सीमापारि जानेहरू ह्वात्तै घटेको उनको भनाइ छ । अध्यक्ष धामीले भने, ‘जमुनाहा नाकामा भारततिर ओहोरदोहोर गर्ने नेपाली उपभोक्ताको बिहानदेखि साँझसम्म ठुलो भीडभाड हुने गथ्र्यो, अहिले ८० प्रतिशतभन्दा बढी मानिस घटेका छन् ।’

जमुनाहा नाकामा कर्तव्यपालनमा रहेका सुरक्षाकर्मीका अनुसार आजभोलि भारतीय बजारबाट सामान ल्याउन जाने मानिस एकदमै घटेकाले नाका सुनसानजस्तै बनेको छ । नेपाली उपभोक्ता खरिदारीका लागि भारतीय बजारमा जान छाडेपछि सीमापारि रुपईडिहाका व्यापारीले नयाँ नियम परिवर्तन गराउन नेपाल सरकारलाई दबाब दिन भारतको केन्द्रीय सरकारलाई गुहारेका छन् ।

रुपईडिहा व्यापार मण्डलका तर्फबाट केन्द्रीय अर्थ मन्त्रालय र व्यापार मन्त्रालयलाई पत्र लेखेर सो नियम हटाउन ध्यानाकर्षण गराइएको रुपईडिहा व्यापार मण्डलका पूर्वअध्यक्ष जुबेर फारुकीले बताए । उनका अनुसार नेपाली उपभोक्ता नआउँदा अहिले सीमापारि रुपईडिहा बजारको व्यापार ८० प्रतिशतभन्दा बढीले खस्किएको छ ।

सीमापारिबाट ५०० रुपैयाँभन्दा बढीको सामान भन्सार तिरेर मात्र ल्याउन पाइने प्रावधानले सीमावर्ती नेपाली बजारमा भने चहलपहल र व्यापार व्यवसाय बढाएको छ । अधिकांश सर्वसाधारणले दैनिक उपभोग्य सामग्री लगायतका सामान खरिद गर्न भारतीय बजार जान छोडेर स्थानीय बजारकै प्रयोग गर्न थालेकाले नेपालगञ्ज, कोहलपुर लगायतका नेपाली बजारमा रौनक बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए ।

उनका अनुसार सरकारको यो प्रावधानले नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पारेको छ । यसले गर्दा आजभोलि नेपालगञ्ज र कोहलपुर लगायत यहाँका अन्य साना साना बजारमा समेत व्यावसायिक गतिविधि बढेको छ ।

नाकामा कडाइ गरिएपछि नेपालगञ्ज र कोहलपुरका स्थानीय मार्ट, किराना पसल, कपडा पसल लगायतमा ग्राहकको भीड बढेको व्यवसायीले जनाएका छन् । सरकारको यो कदमले आन्तरिक व्यापार व्यवसाय सुदृढ बनाउन ठुलो सहयोग पुगेको नेपाली व्यापारीहरूको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]